नवलपुरको प्रमुख जिल्ला अधिकारी (सिडीयो) अख्तीयारमा

कमला राना। नवलपरासीको बर्दघाट सुस्ता पुर्व नवलपुर जिल्लामा सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारीको एक महिना नपुग्दै सरुवा भएको छ । गत बैशाख २१ गते देखि नवलपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गर्नुभएका प्रमुख जिला अधिकारी महेश आचार्यको सरुवा भएको हो । नया जिल्ला नवलपुरमा एक महिनाको अनुभव बटुल्न नपाउदै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी आचार्यलाइ सरुवा गरेको छ । आचार्यको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा सरुवा भएको छ भने नवलपृुरमा कुनै प्रमुख जिल्ला अधिकारीको टुगो लागेको छैन । प्रमुख जिल्ला अधिकारी आचर्य स्याङजा जिल्लाबाट सरुवा भइ नवलपुर आउनुभएको थियो । उहालाइ आज कर्मचारी मिलन केन्द्र नवलपुरद्धारा एक समाहारोहको आयोजना गरी विदाइ गरीएको छ । सहायक प्रमख जिल्ला अधिकारी श्री नाथ पौडेलको अध्यक्षतामा भएको विदाइ समारोहमा जिल्ला न्यायधिश विदुर कोइरालाको प्रमुख आतिथ्यातमा रहेको थियो भने कर्मचारी मिलन केन्द्र नवलपुरका सचीव कृष्ण चन्द्र पोख्रेलले कार्यक्रमको सचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *