निर्णय खारेज गर्नुपर्ने आदिबासी जनजाति महासंघ नवलपुरको माग

कमला राना कावासोति नवलपुर, चैत २७

राष्ट्रिय चाडको रुपमा स्थापित भएका र आदिवासीको पहिचानसंग जोडिएका विभिन्न राष्ट्रिय चाडहरुको नाममा दीइएका सार्वजनिक विदालाइ नेपाल सरकारले खारेजीको निर्णय गरेको प्रति विरोध जनाउदै आज नेपाल आदिवासी जनजाति माहासंघ लगाएत विभिन्न जातिय सघ सगठनहरुले जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्तापुर्व नवलपुरमा सामुहीक रुपमा ज्ञापन पत्र बुझाएका छन ।

देश विकास र राष्ट्रिय एकताको नममा आदीवासी जनजातिहरुको पर्व माघि, माघे सक्रान्ती, उधौली, उभौली, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो ल्होछार लगाएतको नाममा दीएको सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णय प्र्रति घोर आपत्ती रहेको सयुतm जारी ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

ज्ञापन पत्रमा आदीबासी समुदाय सग कुनै छलफल, परामर्श र जानकारी नलीइ सरकारले एकलौटी ढंगबाट विदा कटौति गर्ने सरकारको निर्णयप्रति आदीवासी जनजातिको तिव्र भत्र्सना गरेको उल्लेख गरीएको छ ।

यसैगरी काठमाण्डौमा गैर न्यायिक सडक निर्माण, सास्कृतिक रुपमा गाइको मासुलाइ उपभोग गरेको आरोपमा आदीबासीहरुमाथी चरम ज्यादती लगाएत टिकापुर घटनासंग जोडेर आरोपीत २६ जना थारुहरुलाइ विगत दुइ वर्ष देखि थुनामा राखिनु लगाएत घटनाहरुलाइ औल्याउदै राज्य पछिल्लो समय चरम एकल जातिवादी रुपले अगाडी बढीरहेको प्रष्ट भएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

त्यस्तै ज्ञापन पत्रमा आदीवासी जनजातिको पहीचान, सम्मान र स्वाभीमान माथि राज्य सरकारले पछिल्लो समय गरीरहेको प्रहारको विरुद्ध विभिन्न ७ बुदे मागहरु सहीत यही चैत्र २३ गते देखि आगामी बैशाख २२ गते सम्म पहीलो चरणको आन्दोलन कार्यक्रमहरु घोषणा गरीएको जनाइएको छ ।

आदीवासी जनजातिहरुले मनाउदै आएको आ आफनो सास्कृतिक पर्वहरु तमुु ल्होसार, सोनमा ल्होछार, ग्याल्बो ल्होसार, उधौली उभौली, माघि माघे सक्रान्ती लगाएत चाडपर्वहरुमा दिइदै आएको सार्वजनिक विदालाइ देशव्यापी रुपमा कायम गर्नुपर्ने, प्रदेशको नमाकरण गर्दा पहीचानको आधारमा गरी त्यहा बोलीने भाषा लाइ सरकारी भाषाको मन्यता दिनुपर्ने लगाएत ज्ञापन पत्र मार्फत ७ बुंदे माग राखिएको छ ।

यसैगरी ज्ञापन पत्र मार्फत आदीवासी जनजातिका न्याय र समानताको लागी उठाइएका माग तथा सवालहरुलाइ सकाराले अविलम्ब कार्यान्वयनमा लैजानुपर्ने माग गर्दै पहिलो चरणमा शान्तीपुणर््ा आन्दोलन शुरु गरीएको जनाएको छ ।

यदी विभिन्न बाहानमा आदीबासी जनजातिका मागहरुलाइ बेवास्ता गरेमा अझै ससशतm रुपमा आन्दोलन अगाडी बढाउने र आन्दोलनबाट उत्पन्न परीणामको जिम्मेवारी स्वयम् नेपाल सरकार हुने ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

यसैगरी ज्ञापन पत्र बुझ्नुहुदै बर्दघाट सुस्ता पुर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मुकुन्द प्रसाद मरासिनीले आदीबासी जनजातिको मागलाइ सम्बोधन गर्नको लागी छिटो भन्दा छिटो गृहमन्त्रालयमा पेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी बर्दघाट सुस्ता पुर्व नवलपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्दै कोण सभा समेत सम्पन्न गरीएको थियो ।

कोण सभामा बर्दघाट सुस्ता पुर्व नवलपुरका आदिवासी जनजाति माहासंघका अध्यक्ष राम व्लोन, थारु कल्याणकारीणी सभा नवलपुरका अध्यक्ष गणेशमान महतो, तमु हीयुल छोज धी नवलपुरका अध्यक्ष ललीत गुरुङले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको सचालन नेपाल मगर संघ नवलपुरका जिल्ला अध्यक्ष इन्द्र फाल मगरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *