नृत्य निर्देशक भुपेन्द्र रिखाम मगर कतारमा सम्मानित

रेशम रोका मगर दोहा, कतार । जुलाई १३ तारीख नेपाल मगर संघ, शाखा कतारले यस संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल मगर संघ, शाखा कतार केन्द्रिय समिति सचिवालय सदस्य तथा नृत्य निर्देशक भुपेन्द्र रिखाम मगरको प्रमुख अतिथ्यमा दोहाको मुगलिना अवस्थित अमवज रेस्टुरेन्टमा सम्मान कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा विशेष अतिथिहरुमा नेपाल मगर संघ ,शाखा कतारका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार महेन्द्र थापा मगर र पुर्व अध्यक्ष तथा बर्तमन सल्लाहकार सदस्य भिम तरामु मगर हुनुहुन्थ्यो ।
अतिथिहरुमा सल्लाहकारहरु डि.एन मगर, रमेश थापा मगर ,नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर साँस्कृतिक परिवार कतारका अध्यक्ष शुक्र बहादुर पुलामी मगर, महिला उपाध्यक्ष तथा महिला बिभाग संयोजक इश्वरा थापा मगर, दोहा एरिया समितिका अध्यक्ष तिल बिक्रम मगर, सनैया “ए” एरिया समितिका अध्यक्ष रेशम आले मगर, साहानिया एरिया समितिका सदस्य पहल सिंह मगर र वक्रा एरिया समितिका सचिव दिपक एक्चाइ मगर हुनु हुन्थ्यो ।
सम्मान कार्यक्रममा उपस्थित सम्पुर्ण लाई नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेर स्वागत गर्नु भएको थियो। कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए। कार्यक्रमका सभापति, बिशेष अतिथि, अतिथि र उपस्थित सम्पुर्णले सम्मानित ब्याक्ती भुपेन्द्र रिखाम मगरलाई खादा ओडाएर सम्मान गरेको थिए। उहाँलाई सम्मान कार्यक्रमका सभापति , बिशेष अतिथि बाट मायाको चिनो र सम्मान पत्र प्रदान गरेका थिए भने नेपाल मगर साँस्कृतिक परिवार कतारले पनि उहाँलाई माया को चिनो र सम्मान पत्र प्रदान गरेको थियो ।
अतिथिहरु बाट मन्तव्य राख्ने क्रममा एरिया समितिहरुको तर्फबाट सनैया “ए” एरिया समिति अध्यक्ष रेशम आले मगर , महिला उपाध्यक्ष तथा महिला बिभाग संयोजक इश्वरा थापा मगर, नेपाल मगर साँस्कृतिक परिवार कतार अध्यक्ष शुक्र पुलामी मगर , नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष तथा केन्द्रिय समितिका कोषाध्यक्ष केशव राना मगर, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य भिम तरामु मगर र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले उहाँले मगर संघ कतार लाई दिएको  योगदानको बारेमा जानकारी गराउदै उहाँको आउँदा दिनमा  सफलताको  शुभकामना व्यक्त गर्नु भयो । 
साथै कार्यक्रमका प्रमुख अतिथी, मुख्य आकर्षक तथा सम्मानित ब्यक्ति भुपेन्द्र रिखाम मगरले मगर संघ कतार लाई धन्यवाद दिदै यो सम्मान जीवन भरी आफुले नबिर्सने साथै आफू जहाँ रहे पनि आफुले सकेको सहयोग हरपल मगर संघ कतारलाई गरि रहने जानकारी गर्दै मगर संघ कतार र उपस्थित सम्पुर्णलाई सम्मान को निम्ति धन्यवाद ब्याक्त गर्नु भयो ।कार्यक्रमको अन्त्यमा बोल्नु हुँदै कार्यक्रमका सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले मगर संघ, कतार केन्द्रिय समिति सचिवालय सदस्य तथा कुशल नृत्य निर्देशक भुपेन्द्र रिखाम मगरलाई सम्मान गर्नु पाँउदा मगर संघ, कतार खुशी रहेको साथै उहाँको आउँदो दिनहरु पनि सफलताको बाटोमा लम्किरहुन भन्ने शुभकामना दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरु र उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *