नेतृत्व बिकासको लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगरपालिकाले आफ्नो मातहात मा रहेका सबै वडा तह् लाई नेत्रुत्व बिकासको लागि एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ् । उपमहानगरपालिका अध्क्षय थर्क बार्हघरे को अध्यक्षयतामा भएको कार्यक्रम मा ५ नम्बर प्रदेश परिचालन् समितिका सचिब के बि पुन को प्रमुख आथित्यतामा रहेको थियो । उक्त नेत्रुत्व बिकासको लागि प्रशिक्षण दिन ५ नम्बर प्रदेशका संचार बिभाग प्रमुख राम अस्लामी, संघिय पत्रकार तथा प्रशिक्षक् सोनु थापा र रुपन्देही जिल्ला अध्क्षय झम बहादुर गुरुङ्गज्यु सयुक्त रुपमा दिनु भएको थियो । स्थानिय तह्का नेता कार्यकर्ताहरु को बाक्लो उपस्थितीमा पार्टीका भात्री संगठनहरु को पनि उपस्थिती रहेको थियो । अत्यन्तै उत्साह जनक भएको प्रशिक्षण कार्यक्रम तीन सेशन मा भएको थियो । समितिका कोसाध्क्षय नन कुमार सारुमगर स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम प्रमुखअथिति पुनले दिप प्रज्वल गरी बधाई तथा शुभकामना मन्तब्य दिनु भएको थियो । बुटवल स्थित अमर भवनमा भएको कार्यक्रम मा परिक्षार्थिहरु निकै उत्साहित र प्रशिक्षणले उर्जा दिएको बताउनु भएको थियो । जनमुक्ति लाई बहुआयामिक बनाउन को निम्ती यस्तो प्रशिक्षण निरन्तर हुनु पर्ने कुरा लाई जोड दिएका थिए। बुटवल लाई जनमुक्तिमय बनाउन उपमहानगरपालिका निरन्तर कृयासिल हुने र स्थानिय वडा तह् मा तत्काल समिती गठन गर्ने अध्क्षय बार्हघरेले बताउनु भयो । साथै समतिमा रिक्त रहेको संगठन सचिब पद मा चन्दा छन्त्याल ज्यु लाई सर्बसहमत बाट नियुक्ती गरिएको बताउनु भयो । उपस्थिती सबै लाई धन्यवाद दिदै अध्क्ष्य थर्क बार्हघरेज्युले कार्यक्रम समापन गर्नु भएको थियो भने कार्यक्रम संचालन खिमा रानाले गर्नु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *