नेपालको प्रमुख समस्या भ्रस्टाचार: अध्यक्ष गुरुङ

पदम थापा मगर, बेलायत । जनमुक्ति मञ्च बेलायत द्दारा आयोजित “नेपालको समस्या र सम्भाब्यता” विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै , यूरोप भ्रमणमा रहनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका रूपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङले , संस्थागत भ्रस्टाचार र दण्डहिनताको अन्त्य बिना विकासको कल्पना गर्न नसकिने बताउनु भयो । गृह मन्त्री राम बहादुर थापालाई इंगित गर्दै , देशभक्त र ईमान्दार ब्यक्तिको हातमा राज्य सत्ता आयो भने, देश बिकासको मार्गमा जान समय नलाग्ने बताउदै , अहिले सिंगो राज्य संचालन गर्नेहरू नै भ्रस्टाचारमा मुछिएकोले उनीहरुबाट मुलुक परिबर्तनको संभावना नरहेको बताउनु भयो । अध्यक्ष गुरुङले, राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिपादन गरेको ,पहिचान सहितको संघीयता र भ्रस्टाचारीलाई देशद्रोही सरहको सजायले मात्र देशलाई परिबर्तन गर्न सकिने बताउदै, बिदेशमा रहेर जनमुक्ति पार्टीलाई निरन्तर सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै अझ संगठित र शसक्त रहन आग्रह गर्नु भयो । कार्यक्रममा नव- प्रबेशिकाहरुलाई सदस्यता बितरणका साथै सपथ ग्रहण गराईएको थियो।

कार्यक्रमा बिचार राख्नेहरुमा , बेलायतको भ्रमणमा रहनु भएका मगरहांङ परिषदका सयोंजक इन्द्र बहादुर मास्की , एक्स गोरखा भेटरेनका पूर्व अध्यक्ष गणेश गुरुङ, मञ्चका सल्लाहकार प्रेम तामांङ, संघिय परिषद सदस्य थर्क राना, यांक बहादुर आले लगायत हुनुहुन्थ्यो ।
अन्तरर्क्रिया कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष नारायण किशोर पुन ले गर्नु भएको थियो भने , स्वागत मनतब्य कर्ण दर्लामी र कार्यक्रम सञ्चालन हिमाली रानाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *