नेपाललाइ कृषीमा आधुनिकीकरण गर्नुपर्ने कृषी मन्त्री खनालको जोड

कमला राना, बैशाख १ शनिवार कावासोति

नेपाललाई कृषिमा आधुनिकिकरण गर्नको लागि विभिन्न योजना तर्जुमा गरि अगाडि वढ्नु पर्नै कृषि भुमि तथा सहकारी मन्त्रि चक्रपाणि खनालले वताउनु भएको छ।

कृषि वजार व्यवस्थापन समितिको १२ औ साधारण सभा तथा अभिन्नदन कार्यक्रमलाइ सम्वोधन गर्दै सो कुरा वताउनु भएको हो । कृषि वजार व्यवस्थापन गर्नका लागि एकिकृत वजार व्यवस्थापन गर्नु आजको टडकारो रहेको वताउनु भयो ।

कृषिमा कृषकहरुलाइ प्रोत्साहन गर्न अनुदान दिनु पर्नै र यसको उचित अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो । नवलपुर जिल्ल्ााँमा वजार व्यवस्थापन गर्नको लागि कोल्डस्टोर हुनु अत्यन्त जरुरी रहेकाले यसतर्फ ध्यान दिनु पर्नै वताउनु भयो ।

कोल्डस्टोरको रुपमा अहिले सम्म १३ वटा विभिन्न जिल्लामा पठाउने योजना रहेको र आवश्यक रहेमा थप गर्न सकिने समेत उहाले वताउनु भयो । कृषि वाट नै नेपालको आर्थिक विकास गर्न सकिने हुनाले अवको सरकार यसतर्फ केन्द्रित हुने वताउनु भयो ।

साथै कृषकलाइ अर्गानिक तर्फ आर्कषित गरि विषादि र रासायनिकलाइ कम प्रोत्साहन गर्नुपर्ने उहाको भनाइ रहेको थियो । शहरमा कौशि र गाउमा करेसावारि भनने सोचलाइ अगाडि वढाउन सके मात्र सवैतिर कृषि उपज व्यवस्थापन गर्न सहज हुने वताउनुभयो ।

फरक प्रसंगमा उहाले नवलपुर जिल्लामा सुकुम्वासी समस्या धेरै रहेकाले आफुले जातभोग गर्दै आएको भुमिको लालपुर्जा पाउनु पर्नै वताउनु भयो । कृषकहरुले आफुले उपभोग गरेको जग्गा को लालपुर्जा नपाउदा सम्म निर्यात रुपले खेति गर्न नसक्ने वताउनु भयो ।

कृषिवाट नै धैरै निर्यात गर्न सक्ने देशमा आयात धेरै भएकाले अगामि दिनमा यसलाइ कमि गराउनु पर्नै वताउनु भयो ।

कार्यक्रममा विभिन्न विधावाट योगदान पुयाउनु भएका षडानन्द जैसि, नरेन्द्र भण्डारि, दामोदर न्यौपाने , तेजेन्द्र र्पाैडेल, विश्वराज वगाले , विनोद कंडेल, रामचन्द्र भण्डारी, पुर्णलाल शर्मा, रामानन्द कुर्मि , विष्नु शर्मा, तेजनारायण गैरे, चन्द्रकला कंडेल , विश्वानाथ पौडेल, रामनाथ सिंजाली, तेजनारायण खजुवार, ज्ञान वहादुर रजालि, श्रिकान्त घिमिरे, लक्ष्मण पौडेल, शिव चौधरी, लगाएतका व्यतिmत्वलाइ सम्मान समेत गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *