नेपाल आदिवासी जनजाति माहासंघ लगाएत विभिन्न जातिय सघ सगठनहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा सामुहीक रुपमा ज्ञापन पत्र बुझाए

बैशाख । राष्ट्रिय चाडको रुपमा स्थापित भएका र आदिवासीको पहिचानसंग जोडिएका विभिन्न राष्ट्रिय चाडहरुको नाममा दीइएका सार्वजनिक विदालाइ नेपाल सरकारले खारेजीको निर्णय गरेको प्रति विरोध जनाउदै आज नेपाल आदिवासी जनजाति माहासंघ लगाएत विभिन्न जातिय सघ सगठनहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा सामुहीक रुपमा ज्ञापन पत्र बुझाएका छन ।

देश विकास र राष्ट्रिय एकताको नाममा आदीवासी जनजातिहरुको पर्व माघि, माघे सक्रान्ती, उधौली, उभौली, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो ल्होछार लगाएतको नाममा दीएको सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णय प्र्रति घोर आपत्ती रहेको सयुक्त जारी ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

ज्ञापन पत्रमा आदीबासी समुदाय सग कुनै छलफल, परामर्श र जानकारी नलीइ सरकारले एकलौटी ढंगबाट विदा कटौति गर्ने सरकारको निर्णयप्रति आदीवासी जनजातिको तिव्र भत्र्सना गरेको उल्लेख गरीएको छ ।

त्यस्तै ज्ञापन पत्रमा आदीवासी जनजातिको पहीचान, सम्मान र स्वाभीमान माथि राज्य सरकारले पछिल्लो समय गरीरहेको प्रहारको विरुद्ध विभिन्न ७ बुदे मागहरु सहीत जिल्ला सिडिओ कार्यलय र सिद्धार्थनगर नगरपालिक लाई एकै साथ ज्ञापन पत्र बुझाएको आदिबासी जनजाती महासंघ रुपन्देही का अध्यक्ष दल बहादुर छन्त्याल ज्यु ले जानकारी दिनु भयो ।

आदीवासी जनजातिहरुले मनाउदै आएको आ आफनो सास्कृतिक पर्वहरु तमुु ल्होसार, सोनमा ल्होछार, ग्याल्बो ल्होसार, उधौली उभौली, माघि माघे सक्रान्ती लगाएत चाडपर्वहरुमा दिइदै आएको सार्वजनिक विदालाइ देशव्यापी रुपमा कायम गर्नुपर्ने, प्रदेशको नमाकरण गर्दा पहीचानको आधारमा गरी त्यहा बोलीने भाषा लाइ सरकारी भाषाको मन्यता दिनुपर्ने लगाएत ज्ञापन पत्र मार्फत ७ बुंदे माग राखिएको छ ।
यदी विभिन्न बाहानमा आदीबासी जनजातिका मागहरुलाइ बेवास्ता गरेमा अझै ससशक्त रुपमा आन्दोलन अगाडी बढाउने र आन्दोलनबाट उत्पन्न परीणामको जिम्मेवारी स्वयम् नेपाल सरकार हुने ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

यसैगरी ज्ञापन पत्र बुझ्नुहुदै रुपन्देही का प्रमुख जिल्ला अधिकारी ले आदीबासी जनजातिको मागलाइ सम्बोधन गर्नको लागी छिटो भन्दा छिटो गृहमन्त्रालयमा पेश गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसै गरि सिद्धार्थनगर का नगर प्रमुख ज्यु लाई पनि ज्ञापन पत्र बुझाइएको महासंघ रुपन्देही का सचिब राजु भुजेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *