नेपाल आदीवासी जनजाति माहासंघ नगर समन्वय परीषद कावासोति नगरपालिका

कमला राना । प्रतिनिधित्वको हिसावले पछिल्लो समय आदिवासी जनजातिको उल्लेख्य रुपमा सरकारमा सहभागिता रहेपनि चेतनाको हिसावले अझै माथि पुग्न नसकेको नेपाल आदीवासी जनजाति महासंघका केन्द्रीय सदस्य चन्द्र विक्रम राइले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति माहासंघ नगर समन्वय परीषद कावासोति नगर समीतीको आज कावासोतिमा आयोजित नया वर्ष २०७५ सालको शुभकामना आदान प्रदान तथा अन्तकृया कार्यक्रममा बोल्नुहुदै केन्द्रीय सदस्य राइले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका केन्द्रीय सदस्य राइले आदीवासी जनजातिहरुको पहीचान मेटनको लागी सरकारले आदीवासी जनजातिहरुले पाउदै आएको ६ वटा सार्वजनिक विदा कटौति गरेर निन्दनीय कार्य गरेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति मासंघ नगर समन्वय परीषद कावासोति नगर समीति अध्यक्ष हिरालाल गुरौको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी आदीवासी जनजाति माहासंघ केन्द्रीय सदस्य चन्द्र विक्रम राइ रहनुभएको थियो ।

यसैगरी विशेष अतिथी कावासोति नगर प्रमुख चन्द्रा कुमारी पुन उपमेयर प्रेम शकर मर्दनिया, आदीवासी जनजाति मासंघ नवलपुरका अध्यक्ष राम व्लोन, नेपाल मगर संघ कावासोति नगरपालिकाका अध्यक्ष शत्रुघन थापा मगर, नेपाल तामाङ घेदुङ नवलपुरका जिल्ला अध्यक्ष आश बाहादुर गोले, लगाएत विभिन्न जातिय संघ सस्थाका प्रमुख एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आदीवासी जनजाति माहासंघ नगर समन्वय परीषद कावासोतिका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको सचालन सचिव मिन लामाले गर्नुभएको थियो ।

Share
  • 15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *