नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन

काठमाडौँ ः नेपालको दुवै प्रहरी दल नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व चयन भएको छ । हिजो बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको आइ.जी.पीमा सर्वेन्द्र खनाल र सशस्त्रको प्रमुखमा शैलेन्द्र  खनाललाई नियुक्ति गरेको छ ।नेपाल प्रहरीमा खनाल २६ औँ महानिरीक्षक भएका छन् भने सशस्त्र तर्फ शैलेन्द्र  १० औँ महानिरीषक बनेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बुधबारदेखि ३० वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुँदै छन्। उनीहरू सेवानिवृत्त हुनु एक दिनअघि सरकारले २९ चैतदेखि लागू हुने गरी दुवै प्रहरीमा नयाँ महानिरीक्षकमा बढुवा गरेको हो।

नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्। ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए। गृह मन्त्रालयले सर्वेन्द्रलाई प्रहरी महानिरीक्षकका लागि प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले विवादबिनै महानिरीक्षकको नियुक्ति गरेको छ। सशस्त्रको कासमूमा एक नम्बरमै रहेका शैलेन्द्र सशस्त्रको मानव स्रोत संसाधनमा कार्यरत छन्।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *