नेपाल बिद्यार्थी मोर्चाको बिजयपुर घोषणा पत्र

धरान ।

आदरणीय पत्रकार ज्यूहरु,
नेपाल विद्यार्थी मोर्चाको चौँथो राष्ट्रिय महाधिवेशन लिम्बुवानको ऐतिहासिक राजधानि बिजयपुर (धरान)मा फाल्गुन २७ गते सम्पन्न भएको जानकारि गराउदछौँ । महाधिवेशले अध्यक्ष द्धारा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन र महासचिव प्रदिप नयोङ द्धारा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवम आर्थिक नियमावली सर्बसहमतिले पारित गरेकोछ । संघिय शिक्षा नीति लागु गर, सम्पुर्ण मातृभाषाहरुलाई सरकारी कामकाजिको भाषा घोषणा गर, शिक्षित बेरोजगारिलाई रोजगारि प्रदान गर, शिक्षामा ब्यापारिकरण बन्द गर, बहुभाषिक बिश्वविद्यालय स्थापना गर, पहिचानको आधारमा प्रदेशहरुको नामाकरण गर भन्ने नाराका साथ सम्पन्न भएको मोर्चाको चौथो राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्दै ५ बुंदे बिजयपुर घोषँणा पत्र सार्वजनिक गरेको छ ।
१. एकात्मक जातिय निरंकुशताबादि राज्य सत्ता द्धारा लादिएको एकात्मक शिक्षा प्रणालीको बिकल्पमा संघात्मक शिक्षा प्रणाली, जातिय पुर्ण समानुपातिक निर्वाचन लागु गराउन माग गर्दै शान्तिपुर्ण सडक संर्घषहरु गरिनेछ । संघिय शिक्षा नीति अन्तर्गत बहुभाषिक शिक्षा, ब्यवहारिक शिक्षा, माटो अनुसारको कृषि शिक्षा र प्राबिधिक एवम बैज्ञानिक शिक्षालाई आत्मसात गर्ने बिश्वभर अध्यनरत रहेका नेपाली बिद्यार्थीहरुलाई एकबद्ध गरि बिद्यार्थीहरुको हक हित सुनिश्चित्ता गर्नका लागि मोर्चा सकृय रहनेछ ।

२. सरकारले ब्यवस्था गरेको मातृभाषा सम्बन्धि नीतिलाई तत्काल कार्यन्वयन गराउँन, निजि बिद्यालयहरु खारेजीको पहल गर्न, बार्षिक रुपमा बिदेशिने लाखौँ शिक्षित विद्यार्थीहरुलाई नेपालमै रोजगारको ब्यवस्था गर्न, आदिवासि जनजाति, मधेशी, मुस्लिम, महिला, दलित, अल्पसंख्यक र भिन्न रुपले सक्षम विद्यार्थीहरुको लागि बिशेष छात्रबृति र उच्च तह सम्म निशुल्क शिक्षाको ब्यवस्था, भौगोलिक बिकटता खेपिरहेएका बिद्यार्थीहरुलाई भत्ताको ब्यवस्था, बाल मैत्रि शिक्षालाई ब्यवस्थिकरण र बैदेशिक शिक्षा भत्ताको प्रत्याभुति राज्य सत्ताबाट दिलाउन ज्ञापन पत्र र सडक आन्दोलन मार्फत राज्यलाई सशक्त दवबा दिईनेछ ।

३. राज्यले कथित रुपमा सिमांकन गरि निर्माण गरेको सबै प्रदेशका प्रमुख, मुख्य मन्त्री र प्रदेश सभामुखहरुलाई जातिय भैगोलिक सापेक्षतालाई आधारमानी १ नम्बर प्रदेशमा लिम्बु,बान्तावा,चाम्लिङ र शेर्पा भाषा, २ नम्बर प्रदेशमा मैथिली, भोजपुरा र अवादी भाषा, ३ नम्बर प्रदेशमा नेपाल र ताम्लोक (तामाङ) भाषा, ४ नम्बर प्रदेशमा तमु र मगर (आख्या) भाषा, ५ नम्बर प्रदेशमा मगर (आख्या), थारु र मुस्लिम (उर्दु) ६ नम्बर प्रदेशमा खस र मगर (आख्या) ७ नम्बर प्रदेशमा खस र थारु भाषाहरुलाई सम्बन्धित प्रदेशको कामकाजि र याग्यताको भाषाको रुपमा मान्यता दिलाउन ज्ञापन पत्र मार्फत राज्यलाई दवाब दिईनेछ ।
४. ३ वर्ष भित्रमा देशको ७७ वटै जिल्लामा मोर्चाको जिल्ला कार्यसमिति गठन गरि ५० हजार बिद्यार्थी संगठित गरि कृयाशिल गरिनेछ ।
५. संघियता, धर्मनिरपेक्षता, पुर्ण जातिय समानुपातिक निर्वाचन प्रणाली, पहिचान र संघिय शिक्षा प्रणालीको बारेमा सार्थक बहसको सुरुवात गरिनेछ ।
नव निर्वाचित केन्द्रीय समितिको पदाधिकारि एवम सदस्यहरुको नामावली निम्नअनुशार छ ।

१ .अध्यक्ष –पुर्ण राना मगर
२. ब. सह अध्यक्ष –प्रेम ध्वज गाहा
३. सह अध्यक्ष –प्रबेग हाङश्रोङ
४. ब.उपाध्यक्ष –रणबिर आम्बुहाङ
५. उपाध्यक्ष –श्री थापा मगर
६. उपाध्यक्ष –प्रियांका परियार खनाल
७. उपाध्यक्ष –सचिन थापा
८. उपाध्यक्ष –सन्जोग योङया
९. महासचिव –प्रदिप नयोङ
१०.उपमहासचिव –नगेन्द्र निर्मल
११. उपमहासचिव –तागेरा लाबुङ
१२. कोषाध्यक्ष –राजन पंधाक
१३. सदस्य –सागर बराल
१४. सदस्य –अन्जिता नेम्बाङ
१५. सदस्य –मञ्जु राना मगर
१६. सदस्य –बिजय राना मगर
१७. सदस्य –कोपिला चेम्जोङ
१८. सदस्य –बाईस कुमार राई
१९. सदस्य –गोपाल लिम्बु
२०. सदस्य –राजिब योङहाङ
२१. सदस्य –टार्जन राजकोटि
२२. सदस्य –युबिना लिम्बु
२३. सदस्य –उर्मिला साम्पाङ राई
२४. सदस्य –कमल थापा
२५. सदस्य –निलम गुरुङ
२६. सदस्य –सञ्जिव मग्राती
२७. सदस्य –अनुप राना
२८. सदस्य –सन्देश तल्हायो मगर
२९. सदस्य –कबिता लिम्बु

……………………….                                                  …………………………
महासचिव                                                                      अध्यक्ष
प्रदिप नयोङ                                                             पुर्ण राना मगर

संघिय अभिबादन, जय जनमुक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *