नेपाल बिद्यार्थी मोर्चाको झापामा संगठन बिस्तार तिब्र

प्रदिप निह्योङ्ग, झापा । असार २४ गते नेपाल विद्यार्थी मोर्चाको झापा जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न क्याम्पसहरुको प्रतिनिधि उपस्थित गराई इकाई समिति सम्योजक तोकिएको छ । मोर्चाले नयाँ आयाम बाट इकाई समिति निर्माण गर्ने र विद्यार्थी आन्दोलनलाई सशक्त र उपलब्धि मुखी बनाउनको लागी समिति गठन र प्रशिक्षण कार्यक्रम तिब्र रुपमा गर्दै अगाडि बढिने योजना ल्याएको छ, यस्लाई मोर्चाले “विद्यार्थीहरुको सहभागितामा अधिकार प्राप्तिको आन्दोलन” भनेर नामाकरण गरेको छ । नयाँ नेतृत्व र नेता उत्पादन गर्नको लागि मोर्चाले इकाई समितिहरु गठन पश्चात् विद्यार्थीहरुलाई प्रशिक्षित गराइ नेतृत्व गर्ने प्रयोगशालामा उभ्याई उपलब्धि मुखी बनाउन सक्ने सम्म को अवधीलाई नै मोर्चाले विद्यार्थीहरुको सहभागितामा अधिकार प्राप्तिको आन्दोलन भनेर भनेको हो । जुन सानो उमेर समुहको विद्यार्थीहरुबाट अभ्यास गराइदै लगिने छ र विभिन्न जिम्मेवारीको अवसर प्रदान गर्दै लगिनेछ । त्यसै कार्यक्रमको सुरुवात गर्दै मोर्चाले झापा जिल्लाबाट इकाई समिति र प्रशिक्षण कार्यक्रम अगाडि बढाएको हो ।
कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष श्रदेय मिना पन्धाक ज्युको प्रमुख आतिथ्यता र मोर्चा को किरात-लिम्बुवान-खम्बुवान प्रदेश समिती सचीव एवम झापा जिल्ला अध्यक्ष सुमन मगर को सभापतित्वमा सम्पन्न भएको थियो । मोर्चाको केन्द्रीय महासचिव प्रदिप नयोङ समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
भेला ले
1) कन्काई बहुमुखी क्याम्पस – सम्योज -मन्जु राई
2) कन्काई सुरुङ्गा उमाबी सम्योजक मनिश मगर
3) बिर्तामोड बहुमुखी क्याम्पस पष्पा तामाङ
4) श्री जनता उमाबी रिता लिम्बु
5) दमक बहुमुखी क्याम्पस अशोक लिम्बू
लाई सम्योजक तोकिएको छ । १५ दिन भित्रमा इकाई समितिलाई पुर्णता दिइ प्रशिक्षण कार्यक्रम पनि तत्कालै राखिनेछ । महासचिव
प्रदिप नयोङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *