नेपाल बिधार्थी मोर्चा झापाको अधिबेशन सम्पन्न: अध्यक्ष, सुमन थापा

अबिन लिम्बू- झापा ।

“देशभरका सम्पुर्ण बिद्यार्थीहरु जातिय मुक्ति र राष्ट्रिय स्वधिनताको लागि एक जुट होऔ” भन्ने मुल नारा का साथ नेपाल बिद्यार्थी मोर्चा झापा जिल्ला कार्यसमितिको चौथो अधिवेसन जिल्लाको कन्काई नगरपालिका सुरुङगा स्थित सम्पन्न भएको छ । अधिवेशनले २३ सदस्सीय झापा जिल्ला कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा सुमन मगर, उपाध्यक्ष सुजन मगर, मुस्कान लिम्बु, सचिब राजिब लिम्बु, सहसचिव बिना तामाङ, कोषाध्यक्ष रीता लिम्बु, संगठन बिभाग प्रमुख इशा लिम्बु, सदस्यहरुमा बिबेक मगर,मेलिना साँवा, कोपिला चेम्जोङ, सलिना आले मगर, नेहा चेम्जोङ, निशा नेम्बाङ, बिना लिम्बु, बिपन लिम्बु, सरोज मगर, सलिना थापा मगर,मनिस मगर, बिक्रम तामाङ,मनिस मगर, गिता सिवा, सिला लिम्बु, बिकल राई निर्वाचित भएकाछन । मोर्चाले संघिय शिक्षा ब्यवस्था लागु गर भन्ने नारा लगाउदै अधिवेश सम्पन्न गरेको छ । मोर्चाले देशै भरिका संगठनलाई चुस्त र दुरुस्त बनाउनको लागि र केन्द्रिय महाधिबेशन नजिकिदै गएको कारण स्थानिय तहहरुमा अधिवेशन साथै प्रशिक्षण कार्यक्रमहरु दुर्त गतिमा गर्न थालिएका हो। कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमुख मिना पन्धाकको प्रमुख आतिथ्यता, पार्टी के उपाध्यक्ष मोहन धिमाल, पार्टी के सदस्य बिष्णु थाम्देन, नेपाल बिद्यार्थी मोर्चा केन्द्रिय महासचिव प्रदिप नयोङ, सास्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष कैलाश थापा मगर, राष्ट्रिय जनमुक्ति पार्टी झापा जिल्ला अध्यक्ष पर्सुराम मगर , जिल्ला सचिव पदम कन्दङवा, नेपाल बिद्यार्थी मोर्चा लिम्बुवान राज्य समिति सह संयोजक अबिन मेयाङबो, जिल्ला सदस्य मैना बरार्ईली साथै कार्यक्रम बिद्यार्थी जिल्ला अध्यक्ष सुमन मगरको सभापतित्वमा समापन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *