नेपाल मगर युवा संघ सिद्धार्थ नगर भैरहवा ले रक्तदान तथा खेलकुद कार्यक्रम सम्पन्न
मोहन थापा भैरहवा /
नेपाल मगर युवा संघ,सिध्दार्थनगर समितिले प्रथम सहिद क्या.लखन थापाको १४० अौ स्मृति दिवस र ३५ अौं मगर एकता दिवसको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान तथा खेलकूद कार्यक्रममा आयोजना गरि सम्पन्न गरेको छ। ३५ औ मगर एकता दिवस को बिशेष उपलक्ष्य राखिए को उक्त खेलकुद कार्यक्रम ले युवाहरु मा बिशेष उर्जा मिलेको सहभागि युवाहरुले बताए। युवाहरु लाई बिशेष प्रोत्साहन दिदै ब्यबास्यी सुर्यकुमार सारु मगर ले नगद रु।१००५- र तुल्सी रेश्मी मगर ले रु।६००- नगद रुपैयाँ हस्तान्तर गर्नु भयो ।
रक्त दान कार्यक्रम मा बिशेष सहयोगी भूमिका निर्बाह गर्ने संस्था नेपाल रेडक्रस सोसाईटी भैरहवा का टिम धन्यवाद को पात्र रहेको छ । मगर संघ सिद्धार्थ नगर समिती का अधक्ष्य सि बि राना ज्यु ले ३५ औ मगर दिवस को अबसर मा नगर का १३ वटै वडा बाट बिशेष
उपस्थिती रहने र मगर भेशभुसा मा सुसज्जित र झ्याकी सहित् बिशाल र्याली बिद्रोही चोक आवारोद देखी भोली बिहान ९ बजे देखी सुरु हुने जानकारी दिनु भयो । कार्यक्रम नगर सची मोहन थापा र ईशा आले ले संचालन गर्ने जानकारी दिनु भयो ।