नेपाल मगर विद्यार्थी संघ तनहुँको १२औं जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा बसन सारु मगर

बैशाख-८, तनहुँ ।
“समुन्नत, समावेशी, लोकतान्त्रिक रास्ट्र निर्माण हाम्रो अभियान , गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितताको पक्षमा १२औं जिल्ला अधिवेशन” भन्ने मुल नाराको साथ नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती तनहुँको १२औं जिल्ला अधिवेशन ने.म.वि. संघका केन्द्रिय महिला सचिव सुमना थापा मगरको प्रमुख आथित्यतामा तनहुँको दमौली स्थित भादगाउमा सम्पन्न भएको छ । उक्त १२औ जिल्ला अधिवेशन रितु आले मगरको अध्यक्षता भएको अधिबेशन मा मगर विद्यार्थी संघ केन्द्रिय कोषध्यक्ष चित्र पुलामी मगरको विशिस्ट आतिथ्यता रहेको थियो । मगरहरु को गरिमा र बिरासत लाई शाही स्थान दिनु पर्ने र बिशेष गरी राज्यबाट गरिएको बिभेद अन्त्य गर्दै अब हरेक मगर ले आफ्नो भाषा बाट पठन पाठन गर्नु पाउनु पर्ने शैक्षिक अधिकार पाउनु पर्ने कुरा लाई बक्ताहरु ले बिशेष जोड दिएका थिए। स्थानिय मगर बिद्यार्थीहरु को बाक्लो उपस्थिती मा सम्पन्न भएको अधिबेशन मा उपस्थिती हरु लाई मगर निर्त्य प्रस्तुत गरी थप् मनोरन्जन दिएका थिए।
नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
नव निर्वाचित कार्यसमितिहरु :
अध्यक्ष : बसन सारु मगर
उपध्यक्ष : वुद्ध थापा मगर
सचीव : बिनिता थापा मगर
सह-सचीव : बिष्णु अस्लामी मगर
कोषध्यक्ष : लक्ष्मी थापा मगर
सदस्यहरु : बिजय थापा मगर, रेनुका थापा मगर, ईमान सिंह थापा मगर, सुमित्रा थापा मगर, अ्मर थापा मगर, कमल सारु मगर, शान्ती आले मगर महेश सारु मगर, रबिना थुम्शिङ मगर गरि १४ जना र ५ जना पछि थप गर्ने गरि १४ जनाको कार्यसमिति चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *