नेपाल मगर संघ बर्दघाट सुस्तापुर्व नवलपुर र सुस्ता पश्चीम नवलपरासी जिल्लाको सयुक्त वनभोज कार्यक्रम

कमला राना। मगर समुदायको हकहित र उत्थानको निम्ती मगर संघले योजनाबद्ध कार्यक्रमहरु ल्याउनुपर्ने आजको आवश्यकता रहेको आज एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दीएका छन ।
नेपाल मगर संघ जिल्ला कार्य समीति बर्दघाट सुस्ता पुर्व नवलपुर तथा बर्दघाट सुस्ता पश्चीम परासीको आज दाउन्नेमा सम्पन्न सयुक्त वनभोज तथा नया वर्ष २०७५को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
नेपाल मगर संघ बर्दघाट सुस्तापुर्व नवलपुरका अध्यक्ष इन्द्र फाल मगर तथा बर्दघाट सुस्ता पश्चीम परासीका अध्यक्ष दिल बाहादुर थापा मगरको सयुक्त अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य लिला मास्की राना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा विशेष अतिथीमा निर्वतमान अध्यक्ष लुम बाहादुर खाम्चा मगर, नेपाल मगर संघका सल्लाहाकार धन बाहादुर मास्की राना, भुवन आले मगर, तिल बाहादुर झेडी मगर, चुडा बाहादुर आले मगर, नेपल मगर संघका केन्द्रीय सदस्य तारा राना मगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल मगर संघ बर्दघाट सुस्ता पुर्व नवलपुरका वरीष्ठ उपाध्यक्ष मेख बाहादुर शारु मगरको स्वागत मन्तव्य रहेको कार्यक्रम बर्दघाट सुस्ता पश्चीम परासीका सचिव दिपक रानाले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मगर संघलाइ आर्थिक सहयोग प्रदान गर्नुृहुने निम प्रसाद काउछा र दिपक रानालाइ सम्मान समेत गरीएको थियो ।
बर्दघाट सुस्ता पुर्व नवलपुर र बर्दघाट सुस्ता पश्चीम परासीका दुइ सय भन्दा बढि मगर समुदायको सहभागिता रहेको कार्यक्रममा मगर समुदायको मौलिक नाच कौराह लगाएत विविध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको प्रेम बाहादुर रानाले जानकारी दिनुभएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *