ने.क.पा. मा ९ सदस्यीय हाइकमाण्ड

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।
एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्रीय कार्यालय’ गठन गरेको छ। 
सो केन्द्रीय कार्यालयमा रहने ९ नेताको नाम र उनीहरूको वरीयता पनि टुंगो लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सो वरीयताको शीर्ष स्थानमा छन्। दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहनेछन्। त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।

श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी दिइएको छ ।
एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

Share
  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *