नोबल आइकनको अडिसन सम्पन्न

खिनु गुरुङ, कोटिहवा, ३ मंसिर । मास्टर एण्ड मिस नोबल आइकनको अडिसन सोमबार सम्पन्न भएकोछ ।
अडिसनमा करिब ४ सय जना विद्यार्थीहरुले दिएको अडिसनमा जम्मा ४० जना छनोट भएका छन् ।

विद्यार्थीहरुको व्यत्तित्व विकासको लागी बार्षिक रुपमा यस कार्यक्रम आयोजना गरिने आयोजकले बताएकोछ । नोबल कला केन्द्रको आयोजनामा हुने यस कार्यक्रमको मंसिर ४ गते देखी छनोट भएका विद्यार्थीहरुलाई प्रशिक्षण दिइनेछ । मंसिर ८ गते फोटो सुट, १५ गते ट्यालेन्ट राउड, र २२ गते फाइनल हुने कला केन्द्रका अध्यक्ष भिमा रानाले बताउनु भएकोछ ।

मास्टर प्रिप्राइमेरी तर्फ १० जना, प्राइमेरी तर्फ १०, मिस प्रिप्राइमेरी तर्फ १० र प्राइमेरी तर्फ १० जना छनोट भएका छन् ।
यस कार्यक्रमको कोरियोग्राफी अजय थापाले गर्दै हुनुहुन्छ भने अफिसियल फोटोग्राफरमा चित्र गुरुङ र इभेन्ट म्यानेजमेन्ट न्यू सत्य साई कला केन्द्रले गर्ने अध्यक्ष थापाले बताउनु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *