नोबल एञ्जलस र युनसालाई नागरिक अभिनन्दन

बुटवल ।
लुम्बिनी गट ट्यालेन्टको उपाधी विजेता नोवल एञ्जलस युमी गुरुङ्ग, प्रकृया गुरुङ्ग र अन्सु गुरुङ्गलाई एक कार्यक्रमको आयोजना गरी नगरीक अभिनन्दन गरिएको छ । कार्यक्रममा प्रदेश नं. ५ सभा सदस्य तुल्सी चौधरीले सबै सदस्ययाहरुको केन्द्र भनेको राजनीति भन्दै अब राजनैतक लडाई सकिएको र आर्थिक समृद्धिको लागि अगाडी वढाउनु पर्नेमा जोड दिनुभयो । आर्थिक समृद्धिको आधार भनेको शिक्षा भएको भन्दै नोवल एञ्जल्स र युनीसा गिरीले सानो उमेरमा नै ठुलो सफलता हासिल गरेकोमा बधाई ज्ञापन गर्दै सम्मान गर्नु भएको थियो ।
नागरीक अभिनन्दनको क्रममा तिलोत्तमा नगर रथ परिक्रमा गराई नोबल इनभायरोमेन्ट एकेडेमी कोटिहवा एक कार्यक्रम गरी अभिनन्दन गरिएको थियो । नोबल इनभायरोमेन्ट एकेडेमीको कक्षा १ र २ मा अध्ययययनरत विद्यार्थीहरु विजेता युमी गुरुङ्ग, प्रकृया गुरुङ्ग र अन्सु गुरुङ्ग र साही कार्यक्रममा बेस्ट परफोमर भएका युनिसा गिरीलाई र रिसन डान्सीङ आइकनमा तेस्रो हुन सफल खुसी रानालाई पनि ट्रफी र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयय अभिभावक संघका अध्ययक्ष धर्मु गरी, विद्यालयको प्रबन्ध निर्देशक पूर्ण बहादुर गुरुङ्गले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रम कविता गुरुङ्गको स्वागत र स्मृति पुनको संचालनमा भएको थियो ।

Share
  • 12
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *