‘पदमुक्त’ प्रधानन्यायाधीश पराजुलीले खुवाए शपथ, राष्ट्रपतिले लिइन् शपथ

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवास महाराजगञ्जमा राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् ।

राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।
पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।
राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *