पाल्पा काठमाण्डौ सम्पर्क समितिको बार्षिक भेटघाट तथा बृहत् बनभोज कार्यक्रम

काठमाण्डौ ।
पाल्पा काठमाण्डौ सम्पर्क समितिको बार्षिक भेटघाट तथा बृहत् बनभोज कार्यक्रम अति भब्य रुपमा सम्पन्न गरेको छ् । पाल्पा काठमाण्डौ का मगर हरु को बाक्लो उपस्थिती मा भएको कार्यक्रम का सभाध्क्षय मंचका अध्क्षय ईन्द्र बहादुर झेडी मगर ले गर्नु भएको थियो। त्यसै गरी प्रमुख अथिति ने.म.सं केन्दिय समितीका अध्यक्ष तथा आदिवासी जनजाती महासंघका प्रवक्ता श्री नबीन रोकामगर हुनुहुनथ्यो। बिशिस्ट अथिति पु.प्र.महानिरिक्षक कुबेर सिंह रानामगर र अथिति हरु मा बिभिन्न संघ संस्था, राजनीति दल र मंचका बिशेष ब्यक्तित्वहरु को उपस्थिती रहेको थियो। उपस्थित बक्ताहरु ले २०७४ सालको निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित भएका मगर समुदायको माननीय सदस्यहरुलाई मगराँत पहिचान लगायतका मगर समुदायका अपुरा मागमुद्धाहरुलाई पुरा गराउँन सवै मगर माननियहरुले एक भएर भुमिका खेल्ने बताएका छन् । साथै देश भ्रष्टाचारको कारणले यो अवस्थामा पुगेको र यसको उन्मुलन गर्न राज्य लागिरहेको छ जसमा सम्पूर्ण जनतालाई सहयोग गर्नका लागि मंच् अध्क्षय झेडिले आह्वान गर्नुभएको छ । बहुचर्चित कलाकारहरू जुना श्रीसमगर,जमुना रानामगर,दोलराज बारघरेमगर,प्रसाद खप्तरीमगर का साथै पाल्पाका बहुचर्चित कलाकारहरु ज्ञानु ठाढामगर लगाएतको बेजोड प्रस्तुती उपस्थिती पाहुनाहरु लाई थप् मनोरन्जन प्रदान गरेको थियो । सांस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम संगै समपान भएको कार्यक्रमा संचालन मंचका सचिब पुरन थापा मगर ले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य गोपाल राणा मगर ले दिनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *