पुलिसलाई आहाको उपाधि

कास्की: माघ २० रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पुलिसले १६ औं आहा(रारा गोल्ड कपको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन् । जितसँगै पुलिसले ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
उपविजेता बनेको थ्रीस्टारले चार लाख रुपैयाँमा चित्त बुझाएको छ । यस सिजन पुलिसको यो दोश्रो उपाधि हो । यसअघि उसले दाङमा भएको राखेप च्याम्पियनसिपको उपाधि जितेको थियो ।

आहा रारा र क्याराभान गोल्ड कपका विजेता

२०७४ पुलिस
२०७३ मनाङ
२०७२ मनाङ
२०७१ थ्री स्टार
२०७० सहारा
२०६९ थ्री स्टार
२०६८ मनाङ
२०६७ थ्री स्टार
२०६६ पुलिस
२०६५ पुलिस
२०६४ पुलिस
२०६३ आर्मी
२०६२ अफ्रिकन युनाइटेड
२०६१ मनाङ
२०६० मनाङ
२०५९ पुलिस
२०५८ पुलिस ९क्याराभान गोल्ड कप०

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *