प्रदेश नमबर ४को नाम गण्डकी राख्ने निर्णयप्रति आदिवासी जनजातिको विरोध

प्रदेश नंम्बर ४ को नाम शुक्रबारदेखि गण्डकी भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशको नाम गण्डकी राख्ने प्रःताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा रहेका ५६ सांसद्‌मध्ये ५४ जनाले पक्षमा र २ सांसद्ले विपक्षमा मत हालेका थिए। विपक्षमा मत हाल्न सांसद नयाँ शक्ति पार्टीका हुन्।

यसैचि प्रदेशको यो निर्णय प्रति नेपाल आदिवासी जनजाति महासंघ लगायत तमु, मगर सहितका जनजाति संघसंगठनले चर्को आलोचना गरि विरोध जुलुसमा उत्रिएका छन् । शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले एक संयुक्त प्रेस विज्ञप्ती जारी गरि प्रदेशको नाम गण्डकी गर्ने निर्णय प्रति घोर विरोध गरेका छन् ।

प्रदेश नम्वर ४ प्रदेशसभाले संविद्यानका धारा २९५को २ बमोजिम प्रदेश को नामांकन ३५ प्रतिशत भन्दा बढी तमुवान मगरातको पक्षमा रहेको जनमतको उपहास गदै गण्डकी प्रदेश घोषणा गरेको महासंघ नवलपुरले आपत्ति जनाएको छ ।

प्रदेश ४ को नाम तमुवान मगरात नराखी गण्डकी राख्नु एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तन भएको आरोप लगाएका छन् ।

‘प्रदेशको नामाङ्कनका लागि प्रदेशसभाद्वारा गठित समितिको प्रतिवदेनको समेत अवमूल्यन गर्दै त्यस प्रदेशमा ‘तमुवान–मगरातको ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशसभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनले ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘गण्डकी प्रदेश नामाकरण गर्ने निर्णय गरिएको प्रति सम्पुर्ण आदिवासी समुदाय यो प्रक्रियाको तिब्र भत्र्सना गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति जारी गरी ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी प्रदेश ४ को नाम ‘तमुवान–मगरात नामाकरण गर्न जोडदार माग गदै आदिवासी जनजाति संघसंस्थाले अंक गणितको दम्भमा जनभावना विपरीत प्रदेशसभाले गलत निर्णय गरेको भन्दै उक्त निर्णयबाट उत्पन्न परिणामको जिम्मेवारी प्रदेश सरकार र प्रदेश संसदले लिनुपर्ने चेतावनी दिएका छन् ।

यस्तै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले शनिबार कावासोतीमा बृहत विरोध ¥यालीको आयोजना गर्नै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *