प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्बित

काठमाडौं: प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । उनीविरूद्द सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका गरेकाे हाे । 

महाअभियोग प्रस्तावमा कंग्रेसका १ सय ९९ र माओवादीका ६० गरेर २ सय ५९ सांसदले हस्ताक्षर गरेका छन् । कंग्रेसका तर्फबाट मिनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत सर्मथक रहेका छन् ।

कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोगमा कार्कीविरुद्ध महाअभियोग दर्ता भएको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिको विवादलाई लिएर अदालतमा परेको मुद्दामा आदेश गर्दा कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपमा कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। कार्की आउँदो जेठ २४ गते उनी अनिवार्य सेवानिवृत्त हुँदै थिइन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *