प्रबासी हरु को मन जित्दै जनमुक्ति मन्च कतारको, एक दिवसीय प्रशिक्षण कार्यक्रम” सम्पन्न

११ अप्रिल २०१७
प्रबास ब्युरो- दोहा, कतार। (फोटो फिचर सहित)
राष्ट्रिय जनमुक्ति पार्टीको कतार प्रबासी संगठन जनमुक्ति मंच कतारद्वारा बृहत जनसहभागितामा “पार्टीको सैद्धान्तिक पक्ष र समसामयिक राजनीतिक बिषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ। मंचका अध्यक्ष श्री राज खम्बुज्यूको सभापतित्वमा र उपाध्यक्ष श्री टप बहादुर थापा, उपमहासचिव श्री सन्तोष रन्जनज्यूको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा श्री मन थापा (डि।बि।)ले प्रशिक्षण दिएका थिए। प्रशिक्षणको क्रममा उनले पार्टीको सैद्धान्तिक पक्षको बारेमा विश्लेषण गर्दै हरेक नेपाली जनताले आफ्नो मतको महत्व बुझ्नुपर्ने र आजसम्म भ्रष्ट पार्टी अनि नेतालाई मत दिई जिताइरहदा मुलुकले आज यो दुर्दशा भोग्नुपरेको बताए तसर्थ बर्तमान अवस्थामा पनि देशलाई सुधार गर्दै लैजान र राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै भाबी सन्ततिलाई समृद्ध मुलुक प्रदान गर्न अब नेपाली जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई बिश्वास गर्नुपर्ने धारणा राखे। त्यस्तै अथितिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा हरेक जातजातिको अधिकारसम्पन्न सर्बस्वीकार्य संविधान बनाउन तत्काल सरकार संविधान संसोधनको प्रकृयामा जानुपर्ने धारणा राखे। एक नश्लिय सत्ता र एकाधिकारबादको अन्त्य नहुदासम्म मुलुकले निकास नपाउने भन्दै मुलुक १०+१ प्रदेश सहितको संघीयतामा जानुपर्ने कुरामा जोड दिदै अध्यक्ष खम्बुले कार्यक्रम समापन गरेका थिए भने संचालन सन्तु रानाले गर्नु भएको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *