फेरी आयो दु:खद खबर ! मलेसिया एक नेपालीको अचानक मृत्यु

 

गणेश थापा मगर
मलेसिया
असार १२ । मुटु दुख्यो भनेर सुतेका एक नेपाली सुतेको सुतै अवस्थामा मृत्यु भएको छ । मलेसियाको सेलेड़गर राज्यमा पर्ने The Heritages Mines Residence मा Eagle Eye Security Sdn.Bhd Company मार्फत सेकुरेटी काम गर्दै आएका २२ बर्षे जवान भबिलाल बुढाथोकी नाम गरेका एक नेपालीको मृत्य भएको छ ।

आज भन्दा करिब २६ महिना अगाडि मलेसिया आएका जाजरकोट नलगड नगरपालिका वडा.न. ५ घर भएका भबिलाल बुढाथोकीले मृत्यु हुने एक दिन पहिले डिउटीमा आफुलाई सामन्य मुटु दुखेको डुउटी ईन्चार्ज राज कुमार तामड़लाई खबर गरेका थिए । खबर गरे लगतै डिउटी ईन्चार्ज तामाड़ले डिउटी गर्न गारो भए आरम गर्न होस्टल जान अनुरोध गरे पनि डिउटी गर्न सक्छु भनी नाईट डिउटी गरेर बिहानको ०८:०० बजे होस्टल गई खाना बनाई खाएर आरम गर्छु भनेर सुतेका थिए । सुते पछि करिब १०:०० बजेको समयमा खोकेको जस्तो आवज सुनेर होस्टलका साथीले बोलाउदा नबोले पछि उठॉंउन खोज्दा बुढाथोकीको मृत्य भईसकेको डिउटी ईन्चार्ज राज कुमार तामाड़ले जानकारी दिनुभएको हो । उनका परिवारमा बुबाको पहिले नै मृत्यु भईसकेको र हाल दुई बहिनी र आमा मात्र रहेको बताईएको छ ।

डिउटी ईन्चार्ज राज कुमार तामाड़को भनाई अनुसार आज मृत्यु भएका बुढाथोकीको शबलाई कम्पनिको बोस र मलेसियन पुलिसले पोष्टमार्टमको लागी Mertkalae Serdang Hospital मा राखेका छन् भने नेपाल एन्बेसीमा खबर गरी छिटै नेपाल पठाईने जानकारी दिनुभएको छ । उनले पॉंउन बाकी रहेको तलब र सकेको केही सहयोग रकम जन्मा गरी उनका आमालाई पठॉंईने समेत जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *