फोनिज रुपन्देही लाई गर्‍यो तिलोत्तमा मगर संघले सम्मान

चैत्र १६, बुटवल । नेपाल मगर संघ तिलोत्तमा नगर समितले नवनिर्वाचित फोनिज
रुपन्देहीका पदाधिकारीहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । नेपाल
मगर संघको मंगलापुरमा रहेको आफ्नै भवनमा आयोजना गरेको बधाई तथा
सम्मान कार्यक्रममा फोनिज रुपन्देही अध्यक्ष सनु थापा, उपाध्यक्ष दीपु मगर, सचिव
यशोदा थापा, कोषाध्यक्ष कृति पुन, सदस्यहरु गोरख चौधरी, लिला राना, ज्ञानु
मगर, मिन राना, दीपक दर्लामी, ज्ञान बहादुर थापा लगायतलाई संघका अध्यक्ष प्रेम
बहादुर थापा र उपाध्यक्ष लीलामाया रानाले खदाबाट सम्मान गर्नुृभयो । सम्मान
समारोहमा नेपाल मगर महिला संघका तिलोत्तमा नगर अध्यक्ष मिन कुमारी पाटा,
मगर संघका सहसचिव पहल राना लगायतले पाँचौ अधिवेशनबाट निर्वाचित फोनिज
पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *