बर्दघाट -१३ धनेवामा नेतृत्व तथा क्षमता अभिबृद्धी सम्पन

सृजना थारु
बर्दघाट – १३\नवलपरासी । नवलपरासीको नेपाल आदिवासी जनजाति महासंघ वडा न:१२ र १३ को वडा समन्वय परिषदको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रममा वडा न: १२ र १३ का स्थनिय आदिबासी थारु समुदायको बाक्लो सहभागी रहेका थिए ।
आदिवासी जनजातिको युवा शक्तिमा कुशल ब्याक्तित्व विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको थियो ।यस नेतृत्व बिकास तथा क्षमता अभिबृधी कार्यक्रमको प्रशिक्षक श्री दान बहादुर गुरुङ र श्री राम बहादुर अस्लामी मगरले प्रशिक्षण गराउनु भएको थियो ।

यस नेतृत्व विकास तथा क्षमता अभिबृद्धी कार्यक्रमको अन्तिम दिन असार ४ समापन समारोहमा यस नेपाल आदिवासी जनजाति महासङ्घ वडा न: १२ र १३ का नेपाल आदिवासी जनजाति समन्वय परिषद बर्दघाटका अध्यक्ष श्री बिर्ख बहादुर राना मगर र कबिता चौधरी को अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिका को उप-प्रमुख श्री मायादेवी पौडेल , विशेष अतिथी बर्दघाट १२ का वडा अध्यक्ष श्री मान बहादुर मल्ल , ने.आ.ज. महासङ्घ बर्दघाट नगर समन्वय परिषद न.प. , प्रमुख प्रशिक्षक श्री राम बहादुर अस्लामी , उदय महिला बिकास बचत तथा ऋण सहकारी संस्था का ब्यवस्थापक श्री लक्ष्मि सेन तथा समाजसेवी श्री पुरन चौधरी , गुलाब प्रसाद चौधरी ,बेद बहदुर चौधरी ज्युहरुको शुभकामना मन्तव्य व्यक्त गरे लगत्तै प्रमाणपत्र वितरण गरि कार्यक्रम समापन गरियो ।कार्यक्रम सन्चालन वडा न: १३ का ने.आ.ज. महासंघको सचीव श्री उमा कुमारी चौधरीले गर्नु भएका थियो ।।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *