बस्केटबलमा भु.पु पहेलो विजय

खिनु गुरुङ, मंसिर ३  । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद इकाई समिति मधवलियाको रजत जयन्तिको अवशरमा आयोजित बास्केटबल प्रतियोगीतामा नेपाली भारतिय भु.पु सैनिक पहेलो विजय भएको छ ।

प्रतियोगीतामा नेपाली भारतिय भु.पु सैनिक रातो भने उपविजेतामा नै चित्त बुझाएको छ । प्रतियोगितामा ३०– २५ को अन्र्तरले पहेलो विजय हुन सफल भएको थियो । तमू समाज मधवलियाको समाज भवनमा भएको प्रतियोगितामा ६ टोलिले सहभागिता जनाएका थिए ।

विजेता र उपविजेता टोलिलाई तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमितिका सदस्य आशा गुरुङले शिल्ड तथा प्रमाण पत्र दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सदस्य आशा गुरुङले यस रजत जयन्ति समारोहमा खेलकुद प्रतियोगिता राखेर समाजमा मानिस स्वस्थ्य रहन खेलकुद खेल्नु पर्ने संदेश दिएको बताउनु भयो । कार्यक्रम दिलमाया गुरुङको सञ्चालन र समाजका अध्यक्ष संतोक गुरुङको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *