बहराइनमा २५६१ औं बुद्ध जयन्ती विधिवत रुपमा मनाइने।

सोनम दोङ, बहराइन ।

राष्ट्रिय बिभुती, बिश्वशान्तिका अग्रदुत भगवान बुद्धको जन्म जयन्ती बहराइन तामाङ सेवा समाजले हरेक बर्ष बैद्विक पुजापाठ गरि एकलौटी मनाउदै आइरहेता पनि यस बर्ष नेपाल आदिवासी जनजाति महासंघ बहराइनको सहजीकरणमा बहराइनमा अवस्थित विभिन्न छ वटा जातीय संस्थाहरुको संयुक्त आयोजनामा बहराइनको राजधानी मनामा स्थित सित्तल रेष्टुरेन्टको सभा हलमा १२ मेई २०१७ सुक्रबारकाका दिन विधिवत रुपमा पुजा आरधानाका साथ मनाइने निधो भएको छ।
कार्यक्रमलाइ नेपाल आदिबासी जनजाति महासंघ बहराइनले सहजीकरण गर्दै मगर संघ बहराइन, तमु समाज बहराइन, किरात याक्थुम चुम्लुंग बहराइन, तामाङ सेवा समाज बहराइन, किरात राई यायोख्खा बहराइन र शेर्पा किदुक बहराइनको संयुक्त सहभागीता रहने छ। 
जन्म जयन्ती समारोह लाई भब्य र सभ्य रुपमा सफल तुल्याउन व्यावस्थापन समितीमा महासंघका उपाध्यक्ष तथा शेर्पा किदुकका अध्यक्ष श्री तेम्बा शेर्पा ज्यु संयोजक तोकिएको छ भने महासंघका सास्कृतिक बिभाग प्रमुख तथा तामाङ सेवा समाज बहराइनका महासचिब श्री सोनाम दोङ तामाङ लाइ उपसंयोजक तोकिएको छ, उहाँ दुइको मातहतमा आठ सदसिय कार्य समिती पनि गठन गरिएको छ l
उपरोक्त मिति, स्थान र समयमा हुने पुजापाठ कार्यक्रम बिहान ९.०० बजे बाट सुरु हुने भएकोले सो समय अगावै उपस्थिति जनाइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजन हरुलाई आयोजक टिम हार्दिक अनुरोध गर्दछौ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *