बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच पहिलो भेट, शिखर वार्ता शान्ति स्थापनाको लागि

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको सीएनएनले लेखेको छ । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । सिंगापुरको सेन्तोसामा भइरहेकाेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचकाेशिखर वार्ता शान्ति स्थापनाका लागि उत्तरको आणविक नि:शस्त्रीकरणमा केन्द्रित हुने छ।

एकान्त वार्ता , अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेका यी दुई मुलुकका राष्ट्राध्यक्षहरूको पहिलोपटक भएको यो वार्तालाई द्वीपक्षीयमात्र नभइ विश्वलाई नै प्रभाव पार्ने ऐतिहासिक घटनाका रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज गरेका छन्।

एकान्त वार्ता सकेर बाहिर निस्कँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्ले वार्ता ‘अतिउत्तम’ भएको प्रतिक्रिया दिएको अलजजिराले उल्लेख गरेको छ। ट्रम्ले राष्ट्रपति किमसँग ‘उत्कृष्ट सम्बन्ध बनेको’ उल्लेख गर्दै ट्रम्पले बैठकलाई ‘भेरी भेरी गुड’ भनेको अलजजिराले जनाएको छ।

निजी वार्ता सकिएलगत्तै ट्रम्प र किम द्वीपक्षीय वार्ताहरूमा सहभागी भएका छन्। राष्ट्रपति किमले ‘शान्तिको बिहानी सुरु भएको’ प्रतिक्रिया दिँदै ‘विगतलाई बिर्सिएको’ बताएको समाचारमा उल्लेख छ।

राष्ट्रपति ट्रम्पले भनेका छन्- ‘हामी सफल हुनेछौँ।’

ऐतिहासिक भेट ,भेटलगत्तै करिब १२ मिनेटजति हात मिलाएका राष्ट्रपति ट्रम्प र किमले पत्रकारका प्रश्नको संक्षिप्त जवाफ दिएका थिए।

सुरुमा बोलेका ट्रम्पले भनेका थिए- ‘यो मेरो अहोभाग्य हो। हामीबीचको सम्बन्ध गज्जबको रहनेछ, यसमा मलाई कुनै शंका छैन।’

ट्रम्पले जवाफ दिएलगत्तै किमले आफ्नो धारणा राखेका थिए। उनले भने- ‘यहाँसम्म आइपुग्न हामीलाई सहज भएन। पुराना पूर्वाग्रहहरू र अभ्यासहरू हाम्रो यो यात्रामा अवरोधक बने। तर हामीले ती सबैलाई पन्छायौँ र आज हामी यहाँ छौँ।’

राष्ट्रपति किमको भनाईमा सही थाप्दै ट्रम्पले भनेका थिए- ‘द्‍याट्स् ट्रु।’

Share
  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *