‘बहिस्कार गरेर होईन, चुनाव जितेर अधिकार स्थापित गछौं’ ः उम्मेदवार क्या.जनक

(फोटो फिचर सहित)

कमल चौधरी

बुटवल  ।

राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर मेयर पदका उम्मेदवार क्या.जनक थापामगरले चुनाव बहिस्कार गरेर होईन, कि मतदाताहरुको मन जितेर आदिवासी जनजाति मधेसी, मुस्लीम समुदायको अधिकार स्थापित गर्ने बताए ।  उनले राष्ट्रिय जनमुक्ति पार्टीले संघीयता, धर्म निरपेक्षता, जतिय जनसंख्यको आधारमा समानुपातिक प्रतिनिधित्वको मुद्दा विगत २६ बर्ष देखि उठाई रहेको भन्दै हामी जनताहरुको मन जितेर राजनीति गर्ने पार्टी भएको हुँदा वुटवलमा जनमुक्ति पार्टीको जित सुनिश्चित रहेको दावी गरे । उनले अब जनता असल नेता चुन्ने बेला आएको भन्दै स्थानिय निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीलाई अत्याधिक मतले विजयी गर्न अपिल समेत गरे । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उप महानगरपालिका वडा नं.१७ ले बुधबार गरेको उक्त घरदैलो कार्यक्रम मोतिपरु, हरिहरपरु हँुदै  रानिगंजमा पुगेर कोण सभामा परिणत भएको होे । कोणसभामा राष्ट्रिय जनमुक्ति पार्टीबाट उपमेयरका उम्मेदवार धनि आले, वडा नं.  १७ का वडा अध्याक्ष थमन बहादुर थापा, खुल्ला सदस्य श्याम बहादुर सुनार, वडा नं १४ का वडा अध्यक्ष पदका उम्मेदवार हेमन्त बुढथोेकी, वडा नं. १८ का महिला सदस्य सुनिता थारु लागतले बोल्दै चुनाव जितेर जनताहरुको भावना अनुरुप विकासको लागि उनीहरु संग हातेमालो गरेर अगाडी बढ्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टीको घर चिन्हमा मतदान गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *