बाढिपिडित सुस्ताबासी लाई जनमुक्ति को सहयोग

सुरेश राना – बर्दघाट।

अबिरल बर्षा को कारण देश का विभिन्न भुबाग जलमग्न भै डुबान मा परेको थियो । बाढी ले सयौ को ज्यान गएको छ भने हजारौ बिस्थापित भएका छन। यस्तो आपत बिपत मा सहयोग गर्नु मानबिय दायित्व पनि हो । यसै सन्दर्भ मा रास्टृय जनमुक्ति पार्टी केन्द्रिय समिती द्वारा एक प्रेष बिज्ञपति जारी गरि पार्टी सबै ब्युरो क्रेसिहरु लाई सहयोग मा जुटन आहवान गरेको छ। त्यसै गरि प्रदेश नम्बर, ५ बर्दघाट, नवलपरासी ले बाढिपिडित हरुलाई राहत प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त राहात बितरहण कार्यक्रम बर्दघाट नगरपालिका का नगर अध्यक्ष तारा राना ज्युको नेतृत्व मा जनमुक्ति युवा महासंघ को विशेष भुमिका सहित नर्सही वडा अध्यक्ष अशोक कुमार गुरुङ ज्यु को सहकार्य रहेको थियो । बाढी पिडित लाई सहयोग जुटाउन नगर का सबै वडा बासी हरु ले आर्थिक सहित खाध्यन्न उपलब्ध गराइ सहयोग मा जुट्नु भएको थियो । पार्टी केन्द्रिय नेता डब गर्बुजा सहित जिल्ला तथा नगर/वडा स्थानिय तह नेता कार्यकर्ता, संघ संस्था बुद्धिजीवी हरु तथा पार्टी शुभचिन्तक ज्युहरु को बाक्लो उपस्थितिमा सुस्ता गाउँ पालिका वडा नम्बर, ४ नर्सही मा बितरहण गरिएको थियो । आर्थिक नगद सहित् खाध्य सामाग्री सहित नगद हस्तान्तरण गर्नु भएको थियो । पार्टी केन्द्रिय नेता बाढिले ठूलो जनधनको क्षेती भएको हुदा थप् सहयोगको लागि सबै न्यायप्रेमिहरु लाई पार्टी नगर समिती बर्दघाट अनुरोध गर्दछौ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *