“एकीकृत सम्पत्ती कर” बिषयक मा जनमुक्तिले थाल्यो जनजागरण, अटेरी गरे नगरपालिकामा ताला लगाउने चेतावनी

तिलोत्तमा ६, असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पूर्व जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन नगरको तेश्रो शक्ती जनमुक्ती पार्टीले बिरोध सभा गरेको पार्टीका नगर कार्यबाहक अध्यक्ष पुर्ण बहादुर बलालले जानकारी दिनुभयो । साउन १ गते देखि “एकीकृत सम्पत्ती कर” जबर्जस्ती लागु गर्न खोजिएको हुँदा जनताको हितको लागि जनमुक्ति सडकमा उत्रेको छ। राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य दल बहादुर बिरकट्टा मगरले जुनसुकै कर बैज्ञानिक र व्यवहारीक हुनुपर्ने भएपनि अहिले नगरपालिकाले प्रस्ताव गरेको एकिकृत सम्पत्ति कर किसान र परम्परागत उद्योग व्यवसाय गरेकाका लागि अनुपयुक्त भएको बताउनु भयो । उहाले भन्नुभयो किसान, उद्योगीको उत्पादन बढाउन बिशेष कार्यक्रम ल्याउनुस उत्पादनमा भारी बृद्धि गर्नुस र त्यही उत्पादनको बिक्रिमा कर लिनुस त्यसमा हाम्रो सहमति रहन्छ । “एकीकृत सम्पत्ती कर” तिलोत्तमा नगरपालिकले जबर्जस्ती लाद्न खोजिएको हुँदा नेपाली काङ्रेसले यसको बिरोध गरी सकेको हुँदा एकिकृत सम्पत्ति कर तिर्नु हुदैन भन्ने नभई सामान्य जनताले पनि सहज रुपमा आफनो उठिवास नहुने गरी तिर्न सक्ने हुनुपर्छ भन्नका लागि नै काग्रेसले एकिकृत सम्पत्ति करको बिरोधमा आन्दोलन गरीरहेको अवस्थामा जनमुक्ति पार्टीले पनि छुट्टै कार्यक्रम गरेको मा प्रशंसा ब्यक्त गर्नु भयो। उहाले पुर्व घोषित करको प्रतिशत कम गरेका समाचारहरु आए जस्तै मुल्यांकन पनि समयमा नै कम गरेर सबैलाई मान्य हुने गरी पारित गर्न नगरपालिकालाई सुझाव दिनुभयो । उहाले नगरप्रमुखले अहिले पार्टी भन्दा पनि आफन्त र निकटका व्यक्तिहरुलाई जागिर खाने केन्द्र नगरपालिकालाई बनाउदै गरेको आरोप लगाउनु भयो । जनमुक्ती पार्टीकी नेतृ गिता सारुले नगरपालिकाका जनप्रतिनिधिहरुले सबै काममा राजनीतिकरण गरी नगरपालिकालाई भर्ति केन्द्र बनाएको आरोप लगाउदै टोल बिकास सस्थाहरुको गठनमा समेत आफनो पार्टीलाई उपेक्षा गरेको बताउनु भयो । उहाले सहमतिमा एकिकृत सम्पत्ति करको दर निर्धारण नगरे लागू भएको अर्को दिन नगरपालिकामा ताला लगाउने चेतावनी दिनुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले केन्द् सरकारले नै हटाउन लागेको एकिकृत सम्पत्ति कर अवैध र अवैज्ञानिक भएकाले यसको बिकल्प हरेक बस्तुको उत्पादनको बिक्रिमा मात्रै कर लगाउन उपयुक्त हुने बताउनु भयो । उहाले नगरपालिकाका बिभिन्न बैठकमा कुरा राख्दा नसुने पनि जनता स्वयंले कर नतिर्दा नगरपालिका पछाडी फर्कन बाध्य हुने दाबी गर्नुभयो ।
कार्यक्रममा जनमुक्ति पार्टीका नेता तेजमान थापा र चित्रमान गुरुगंले नगरपालिकाले लक्ष्यित समुदायका जनतालाई उपेक्षा गर्दै लगेको र सामान्य किसानलाई जीबिका चलाउन नसक्ने बनाउन खोजेको बताउनु भयो ।
स्रोत: इलगन न्युज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *