बुटवल नगर प्रमुख सुबेदीलाई जनमुक्तिले बुझायो २ बुदें ज्ञापन पत्र

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बार्हघरे मगरको नेतृत्वमा आज बुटवल उपमहागरपालिका प्रमुख शिबराज सुवेदीलाई नागरिकको ढाड सेक्ने गरी वृद्धि गरिएको कर समायोजनको माग सहित ज्ञापन पत्र बुझाएको छ । उक्त टोलीले प्रमुख सुवेदी समक्ष स्थानिय तहमा वृद्धि गरिएका उच्च करका कारण जनतामा त्रास र भयको वातावरण सिर्जना भएको भन्दै बुटवल नगरभित्र लिइने कर समयसापेक्ष र वैज्ञानिक बनाउन माग गरी ज्ञापन पत्र बुझाएइको । नगरपालिकाले ५ सय प्रतिशत सम्म कर बृद्धि गरेको भन्दै त्यसलाई तत्काल हटाई अहिलेको करमा बढीमा १० देखी १५ प्रतिशत मात्र बढाउन माग गरेको छ ।
ज्ञापन पत्रमा आम सर्वसाधारणलाई मर्का पर्ने गरि कर उठाएर समृद्धि ल्याउन सकिन्छ भन्नु भ्रम मात्र भएकोले नगरले उठाउने विभिन्न शिर्षकका करमा पुर्नविचार गर्न माग गरिएको छ । नगरका अध्यक्ष थर्क बार्हघरेले व्यवसायीक कर र सम्पत्ति कर सम्वन्धि २ बुदें माग राख्दै नगरपालिकाका प्रमुख सुबेदिलाईलाई ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापन पत्रमा बिभिन्न शिर्सक मा लगाईेको चर्को कर तत्काल फिर्ता लिइ वैज्ञानिक ढंगबाट कर निर्धारण गरी सरलरुपमा जनताले कर तिर्ने बातावरण निर्माण गरियोस भन्ने जोडदार माग राखेको छ् । उक्त ज्ञापन पत्र द्वारा नगर प्रमुख समक्ष बाचन् गरी ध्यानाकर्षण गरिएको र अटेरी गरे थप् आन्दोलनको रुपमा जाने चेतावनी पनि दिएको नगर अध्क्षय थर्क बार्हघरेले जानकारी दिनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्रीय अध्यक्ष दुद्ध बहादुर गुरुङ, महिला नेतृ तथा नगरका सल्लाहकार धनी आले, र कोसाध्क्षय नन कुमार सारु लगायतका नेताहरु ज्ञापन पत्र बुझाउन उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *