बुटवल हिल पार्कमा आदिबासी जनजाति संग्राहलय भवन निर्माण गर्न “हङ्कङ सहयोग समिती”

हेमराज थापा, हङकङ ।
मुग्लान हङकङमा दुइ दशक भन्दा बढी समय बसोवास गर्दै आइरहेका हामी नेपालीहरू आफ्नो मातृभुमी नेपाल र नेपालीको हर्ष र सुखमा सहभागी हुदै, मानविय दुःख र पिडामा साथ र सहयोग अर्पण गर्दै आउनु भएका हजुर तपाइहरू सामु हार गुहार गर्ने जमर्को गरेको छौ ।
महा बिनासकारी भुकम्प पिडितहरूलाइ बाढी पिडित, अग्नी पिडित, मुटु, मृगौला पिडित, कला संस्कृती, गायन, स्वास्थ्य, शिक्षा उल्लेखित सपूर्णमा क्षेत्र बिषयहरूमा पवित्र अन्तरमन देखि आफ्नो श्रम र मेहनतको पवित्र पसिनाको थोपा, थोपा मानविय प्रेम र राष्ट्र प्रेममा सिंचित गर्नुभएको सर्वत्र जग जाहेर छ ।
यसर्थ हङकङेली नेपाली धन्यवाद को पात्र हिस्सा ओगेटोको छ। समाज सेवा र बिकाश निर्माण तर्फ दृष्टी गोचर गर्दा धरान हङकङेली नेपालीहरूले हङकङको नाभी स्थल चिम्साचुइको स्टार फेरीमा अवस्थित “घण्टा घडी” जहा हरेक नव बर्ष आगमनको पल पल गन्ति गर्दै नव बर्षको भब्य स्वागत गरिन्छ । हुबहु घण्टा घडी धरानमा निर्माण गरिसकनु भएको छ । मेगासेसे लगायत थुप्रै मान पदवी द्वारा सम्मानित श्रद्देय महाबीर पुनज्युको राष्ट्रिय अनुसन्धान आबिस्कार केन्द्र निर्माणका निमित्त समाज सेवी श्री दल सेर्बुजा, इन्द्र एल जि थापा, प्रकाश पुनज्युहरूको अग्रसरतामा लाखौ रूपया सहयोग गरी सक्नु भएको छ । हङकङेली नेपाली जनहरूले ।

हङकङ लानताउ आइलेन्डको पर्यटन केन्द्रमा अवस्थित बिग बुद्धको शालिक जस्तै, जत्रै सुन्दर नगरी धरानको शिर पर्यटक स्थल भेडेटारको न्यानो काखमा निर्माण गर्ने अभियान गर्दै हुनुहुन्छ अभियान्ता प्रदीप थापा मगर ।

बुटवल उप महानगर पालिका र तिलोत्तमा नगर पालिकाको सिमाना योगीकुटीबाट पाच सय मिटर पश्चिम मगर घाट परिषरको नजिक सम्पुर्ण नेपालीका निमित्त सभा, सेमिनार, गोष्टी सम्पन्न गर्न समिक्षालय भवन निर्माण गर्न हङकङेली नेपालीहरू बाट सहयोग गर्नु भइ निर्माण सम्पन्नको अन्तिम चरण, औपचारिक उदघाटन समारोहको समिपमा आइपुगेका छौ । धन्यवाद छ हजुरहरूलाइ ।

अन्तमा पुःन अर्को एक ऐतिहासिक कार्य सम्पन्न र सम्पादन गर्न हामी जुटिरहेका छौ । बुटवल उप महानगरपालिको पर्यटकिय स्थल बुटवल हिल पार्कको परिसर भित्र नगर पालिका द्वारा आदिबासी जनजाति संग्राहलय भवन निर्माणका निमित्त जमिन, घरेडी प्रदान गरिएको छ । उक्त भवन निर्माण गरी हामी नेपाली आदिबासिको भाषा, धर्म, संस्कृती, पहिचान, संरक्षण र सम्बर्धन गर्न परापुर्वकाल देखि वा प्राचिन महत्वका बस्तु, जिन्सी बटुलेर संग्रह गरेर देश-बिदेशमा उल्लेखनिय योगदान, बहादुरी बीर गाथाहरू समेत समेटेर उक्त आदिवाशी जनजाती संग्राहलयलाइ पुर्णता दिने योजना रहेको छ ।

आफ्नो अस्तित्व पहिचान गर्ने यो पुण्यकार्य सम्पन्न गर्न बिषेशत स्थानिय बासीको महत्वपुर्ण अहम भुमिका रहेको हुन्छनै तसर्थ बुटवल बासी, तिलोत्मा नगर बासी, भैरहवा नगर बासीमा बिषेश आग्रह सहित सम्पुर्ण आदिवाशी महानुभावहरूमा महत्वपूर्ण भुमुका सहित् मानबिय सदासयता र सहयोग अपेक्षा गर्दछौ । यस् महान अभियान मा हातेमालो गर्न बुटवल हिल पार्क आदिबासी जनजाति संग्राहलय भवन निर्माण सहयोग समिति हङकङ बिशेष अनुरोध गर्दछौ। हाल सम्म ४५ लाख सहयोग रकम उठिसको र थप रकम उठाउने जारी रहेको छ्, सहयोगएे दाताहरु को सहजताको लागि समिता का कोष प्रमुखः गणेश जँग राना नाम “कोष खाताः HSBC A/C – 110 570553 833”
खोलिएको को बुटवल हिल पार्क सहयोग समिति हङकङका संयोजकः हेम राज थापाले जानकारी दिनु भयो ।

Share
  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *