बुद्धजन्म स्थल बेलाहिया नाकामा बुद्धत्व झल्कने आकर्षक प्रबेशद्वार बनाईने

सिद्धार्थनगर । नेपालकै दोश्रो ठूलो भन्सार कार्यलय रहेको रुपन्देहीको सिद्धार्थनगर बेलहिया नाका स्थित नेपाल को चिनारी सहित बुद्धत्व झल्कने आकर्षक प्रबेशद्वार बनाइने भएको छ। सिद्धार्थनगर नगरपालिकाले रु१ करोड ५० लाख लगानिमा उक्त द्वार बनाउन लागेको हो । नेपाल भारत सिमानाको यो नाका हुँदै भारत लगायत तेश्रो मुलुकका लाखौ पर्यटकिय लुम्बिनी आउने जाने गर्छन, लुम्बिनी आउने अधिकांश पर्यटकले बुद्धजन्म स्थल प्रबेश गर्यो भन्ने पत्तो समेत थाहा पाउदैनन। प्रबेशद्वार निर्माण ले यो समस्या हट्ने छ। बेलहिया मा अहिले पुरानो प्रबेशद्वार छ। उक्त प्रबेसद्वार सांघुरो छ। अब बन्ने प्रबेस द्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडक देखि २९ मिटर अग्लो हुनेछ । द्वारको डिजाईन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्किटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौ लाई छनौट गरि कन्सल्टेन्सीले नगरपालिका लाई द्वारको नमुना तयार पारी हस्तान्तरण गरिसकेको नगर प्रमुख हरि अधिकारी ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *