बुद्धिजीबीहरू सँग अन्तरसम्वाद, जनमुक्ती बिचराधारा लाई गाउँस्तर सम्म लैजान सुझाब ।

भदौ-६, काठमाण्डौ ब्युरो ।

 

देशको समसामयिक परिस्थिति बारे बुद्धिजीबीहरू संग रास्ट्रिय जनमुक्ति पार्टी ले आज एक अन्तरसंम्वाद कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरको धोविघाट स्थित रहेको सिद्धार्थ कटेजमा सम्पन्न उक्त अन्तरसम्वादमा बुद्धिजीवीहरू, वरिष्ठ राजनीतिक बिश्लेषक नन्द कन्दवा,डा.ओम गुरुङ्ग, प्रा.बालकृष्ण माबोहांग, प्रा.अर्जुन लिम्बू नूगु, अधिवक्ता शंकर लिम्बू , वरिष्ठ पत्रकार भवानी बराल र ईन्जिनीयर रोशन महर्जन ले आ–आफ्नो बिचार राख्नु भएको थियो । सो अवसर मा बोल्ने क्रम मा बुद्धिजीबीहरू ले राष्ट्रि जनमुक्ति पार्टीको भूमिका बारे समिक्षा तथा सुझाव समेत राख्नु भएको थियो। संघीय महासभा ईन्चार्ज एवं पार्टी उपाध्यक्ष यम बहादुर बुढाथोकी, प्रवास बिभाग प्रमुख एवं उपाध्यक्ष कमला थापा र सचिव एवं केन्द्रीय कार्यालय ईन्चार्ज पदम जबेगुको समयोजनमा सम्पन्न भएको थियो ! 
कार्यक्रममा डा. ओम गुरुङले पहिला स्थापनाकालमा म अलिक नजिक थिएँ । बिचमा अलिक टाढा हुन पुगेँ । तै पनि यो दल के गर्दैछ भन्ने कुरामा म नियालिरहन्थे । मलाई लागेको छ जनमुक्ति उत्पीडित, उपेक्षित वर्गका लागि उठेको राजनीतिक दल हो । तर, जनतामाझ आफ्नो दर्शन बुझाउन नसक्दा गति लिन नसकेको सुझाव दिए । डा. गुरुङले मुद्दाले मात्र पार्टी चलाउन गाह्रो हुने हुँदा मुद्दा दीर्घकालिन हुन सक्दैन । पार्टीको विचारलाई बचाउन जरुरी छ । उनले आक्रोशित शब्दमा बाहुन राष्ट्रवाद र पहिचान राष्ट्रवाद दुईधार अगाडि बढीरहेको छ । बाहुन राष्ट्रवादले पहिचान राष्ट्रवादलाई अन्त्य गर्नका लागि सक्रिय बन्दै गएको हुँदा सचेत रहन आग्रह गरे । कार्यक्रममा प्राध्यापक अर्जुन नुगोले झरेको मतलाई संरक्षण गर्न नसक्नु, राष्ट्रिय पार्टी नहुँदै राष्ट्रव्यापी चर्चामा आएको दल भनेर जनमुक्ति पार्टीलाई चिनेतापनि विपक्षीहरुलाई पन्छाउने रणनीति बनाउन नसक्नु पार्टीको कमजोरी भएको बताए ।  अर्का वाम बुद्धिजीवि नन्द कन्दङ्वाले इष्युमा आधारित राजनीतिक दलहरु नेपालमा सबैभन्दा कम छन् । राष्ट्रवादको धारमा माओवादी र नेपाली कांग्रेस हो कि जस्तो देखिन्छ, तर तिनीहरुलाई सजिलै विश्वास गर्न सकिन्न । उनले बाहुन विरोधी पार्टी भनेर जनमुक्तिलाई लगाएको आरोप चिर्न जरुरी रहेको बताए । डा। बालकृष्ण मावोहाङले संविधान निर्माणमा खस आर्यले स्वीकारेर कुनै पनि धारा प्रष्ट पार्न सकिरहेको छैनन् । त्यसैले पनि संविधान पूर्णता हुनमा ढिलाई भएको हो । त्यसैले गाउँस्तरसम्म आफ्नो दर्शन नपु¥याएसम्म जनमुक्ति अगाडि बढ्न नसक्ने बताए । वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले पार्टीलाई ब्राण्ड बनाएर लान नसक्नु नै पार्टीको कमजोर पक्ष भएको बताए । तर, पार्टीले उठाएको मुद्दा अन्य राजनीतिक दलले बोकेर हिंडेको हुँदा पार्टीको दर्शनलाई देशव्यापी बनाउन जरुरी रहेको बताए । यसपालिको चुनावमा साना अखबारले कांग्रेसलाई सघाएको, ठूला अखबारले एमाले र केही टेलिभिजनले एमाओवादी र अनलाईनले एमाले भएको हुँदा तपाईहरुको पार्टीलाई कस्तो खाले अखबारले सहयोग पु¥यायो ? अन्तरक्रियामा बताउँदै बरालले मिडियालाई नजिक राखेर अगाडि बढ्न सुझाव दिए । पार्टीको मुद्दा एक ठाउँमा होला समय सापेक्ष आफ्नो विचार दृष्टिकोण पार्टीको कुनै न कुनै कोणबाट आउन जरुरी छ । जनमुक्तिले प्रदेशलाई हेर्ने दृष्टिकोण र प्रशासनलाई हेर्ने दृष्टिकोण अझै प्रस्ट नभएको बताए । अधिवक्ता शंकर लिम्बूले समानुपातिक मुद्दा सुन्दा जति सजिलो छ, त्यसलाई लागू गर्न त्यति नै कठिन छ । ठूला दलहरुले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक लागू ग¥यो भने आफू नासिएर जाने संकेत पाएको हुँदा त्यति चाँडै पूर्ण समानुपातिक सबै ठाउँमा लागू हुन्छ जस्तो लाग्दैन । उनले मुलुकमा रहेका सबै जाति, वर्ग र सम्प्रदायका लागि जनमुक्तिको विचार ठिक भएतापनि यसलाई व्यापकता दिनमा लाग्नु पर्ने सुझाव दिएका थिए । 
उक्त अन्तरसम्वाद कार्यक्रमको सहजीकरण पार्टी महासचिव केशव सूर्यवंशी ले र पार्टी को धारणा प्रस्तुत पार्टी अध्यक्ष के.पी. पालुङवा लिम्बू ले गर्नु भएको थियो। कार्यक्रममा पहिचान पक्षधर संस्कृतिकर्मी संजोग लाफ़ा, यलंबर टाइम्स का सम्पादक दिपेन्द्र कुमार चाम्लिङ राई, अधिवक्त चेत आले समेत को सहभागिता रहेको थियो भने पार्टी को तर्फ बाट सह–अध्यक्षहरू मानधोज ब्लोन र बुद्धश्री लामा, उपाध्यक्ष एवं नेवाः ईन्चार्ज बाबुक़ाज़ी महर्जन, सचिव एवं संचार बिभाग प्रमुख बलदीप राई, संगठन बिभाग उप प्रमुख के. वी. पुन, लिम्बुवान अध्क्षय एबी पन्धाक, संघीय परिषद सदस्य लोक आंग्ला र संघीय परिषद वैकल्पिक सदस्य एवं केन्द्रीय कार्यलय सचिव रवि बुढा समेतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *