बेलायतमा नयाँ बर्ष शुभकामना आदान प्रदान, आयोजक जनमुक्ति

 

लण्डन । नयाँ बर्ष २०७५ धुमधाम मनाई रहदा बिश्व भरी छरिएर रहेका नेपालिहरुले पनि हर्ष उल्हासका साथ मनाएका छन । यसै गरि जनमुक्ति बिचार धारामा आस्थावन जनमुक्ती योद्धाहरु बिच जनमुक्ति मंच बेलायत को आयोजना मा एक कार्यक्रम राखी शुभकामना आदान प्रदान गरेको छ। बेलायत स्थित प्लम्स्टेडको गेसो हलमा  आयोजना गरिएकोो शुभकामना आदन-प्रदान पार्टीका संंस्थापक बेलायतका अध्यक्ष तथा निडर नेता भरत थापाको समझनामा एक मिनेट मौन धारण गरि शुरू गरिएको कार्यक्रम बेलायत भ्रमणमा रहनु भएका , जनमुक्ति पार्टी , मगरहाङ्ग परिषदका संयोजक इन्द्र बहादुर मास्की र तँनहु जिल्ला अध्यक्ष भुवन सिं थापाले संबोधन गर्नु भएको थियो। नेपालबात पाल्नु भएका नेता द्वयले , बिदेशमा रहेर पनि पार्टीलाई निरन्तर सहयोग गरेकोमा धन्यबाद दिदै , अधिकार प्राप्तिको लागि अझ संगठित हुन आग्रह गर्नु भयो । जनमुक्ति मंच बेलायतले खेलेको महत्वपूर्ण भुमिका को प्रशंसा गर्दै पुनः फेरि एक पटक सबै खाले बिभेदको अन्त्य र समृद्ध नेपाल निर्माणमा जुट्न बेलायत बासी जनमुक्ति योद्धाहरु Janamukti Thoughts लाई संसार भरी फैलाउन मंच ले अग्रहणी भुमिका खेल्नु पर्ने कुरा लाई पनि जोड दिनु भयो। अहिले सम्म भु पु गोर्खाज हरुको हक र अधिकार लाई अहिले सम्म का सत्ताधारी दल/पार्टी हरुले बेवास्ता गरेरहेको स्मरण गराउदै अब भुपु लाई मागिखाने भाडो मात्र होइन कि सम्पुर्ण भुपु हरु ले गुमाएका हक/अधिकार हरु स्थापित गर्न भुपु मन्त्रालय नै बनाउनु पर्ने कुरामा मास्की मगरले विशेष जोड दिनु भयो। यदि भुपुहरुको सपना साकार हुन्छ भने त्यो जनमुक्ति बिचार धारा बाट मात्रै संम्बभ छ। वास्तबमा नेपाली जनतालाई अहिलेसम्म का सत्ताधारिहरु ले बैंक को रुपमा मात्र प्रयोग गरेको हुदा मुलुक असफल रास्ट्र तिर धकेलिदै छ। यसर्थ पनि समृद्ध नेपाल निर्माण गर्ने अभिभारा तपाईं हाम्रो काध पनि आएको छ, जनमुक्ति बिचार-धारा लाई सिरोपर गर्दै नयाँ बर्ष को उमंग का साथ जनमुक्ति अभियान मा जुटन सबै मा आग्रह गर्दै कार्यक्रम समापन भएको थियो।

 

 

Share
  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *