बैकल्पिक र निर्णायक शक्ति निर्माण गर्न क्रान्तिकारी बिद्रोह सहितको कार्यदिशा, अध्यक्ष पालुङवा

काठमाडौंः राष्ट्रिय जनमुक्ति पार्टीको पदाधिकारी बैठक बिहीबारदेखि काठमाडौंमा शुरू भएको छ । पार्टीका संस्थापक अध्क्षय तथा संरक्षक एम.एस. थापाको काठमाडौं स्थित निवासमा बिहीबारदेखि पदाधिकारी बैठक शुरू भएको छ । कार्तिक २८ गते देखी शुरु भएको बैठक शुक्रबार ३० गते सम्पन्न हुने सो पार्टीका उप महासचिव टोप अस्लामी मगरले बताएका छन् ।

केपी पालुङ्गाको अध्यक्षतामा जारी बैठकमा बृहत् एकीकरण मार्फत बैकल्पिक र निर्णायक शक्ति निर्माण गर्न क्रान्तिकारी बिद्रोह सहितको कार्यदिशाबारे अध्यक्ष पालुङाले प्रस्तुत गरेको प्रस्ताबमाथि पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने छन् । बैकल्पिक शक्ति निर्माणमा जुटिरहेको जनमुक्ति पार्टीले सानाठुला गरी दर्जनौ दलहरुसँग वार्ता गरी सकेको र आधा दर्जन भन्दा धेरै दलसंग एकताको कुरो टुङ्याईेको जनाएको छ। आगामी छैठौ महाधिबेशन पछी जनमुक्तिले बैकल्पिक शक्तिको रुप लिने जानकारी पनि दिनु भएको छ ।

जनमुक्ति पार्टीको पदाधिकारी संख्या २५ जना रहेको छ । । बैठकमा सबैले आ–आफ्नो धारणा प्रस्तुत गर्ने क्रम जारी रहेकोले बैठक लम्बिन सक्ने बताइएको छ । पार्टी उपाध्क्षय टिका राम शर्मा पछी अर्का उपाध्क्षय डा. हाजी मोहम्मद बोल्ने क्रम जारी रहेको केन्द्रिय सुचना बिभागले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *