बैठकमा भाग लिन संयोजक थर्क राना नेपाल प्रस्थान

बेलायत, पदम गाहा ।
अन्तराष्ट्रिय मगर मन्चको फाल्गुण ८,९ मा काठमाण्डौको उडल्याण्ड होटेलको सभा कक्षमा हुने परिषदको बैठकमा भाग लिन अन्तराष्ट्रिय मगर मञ्चका संयोजक थर्क राना आज साँझ ओमन एरलायेन्स बाट मस्कट हुदै नेपाल प्रथान गर्नु भयो ।
तिन दशक भन्दा लामो समय देखि सक्रिय राजनीति र सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका राना, मगर संघ यूके तथा आदिबासी जनजाति महासंघ यूकेका सस्थापक अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य ( केन्दीय सदस्य ) पनि हुनुहुन्छ। यसै सन्दर्भ मा हुन गैइ रहेको बिश्व जनमुक्ति मन्चको फाल्गुण २३, २४ र २५ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्मेलनमा पनि भाग लिनु हुनेछ ।
चार हप्ता नेपाल बसाइको क्रममा बृटिश गोरखा नेपाली नागरिकता अभियान समिति यूके को संयोजकको हैसियतले, नेपालका राजनितिक पार्टीका नेता तथा नागरिक समाजका अगुवाहरू संग पनि छलफल गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *