भ्रष्टचार बिरुद्ध युवा मोर्चाले बिशेष अभियान: शंकर गाहा

राष्ट्रिय युवा मोर्चा महाधिबेशन मुलतयारी समिती संयोजक शंकर गाहा यतिबेला पाल्पा मा महाधिबेशन तयारी को लागि सक्रियरुप मा लागि परेका छन्। यही सन्दर्भमा ब्रिजीखबर का आर बि थापाले गरेको कुराकानी :-
*रास्ट्रिय युवा मोर्चा को पाचौ महाधिवेसन को तयारी कस्तो छ त?
> तयारी एकदम जोड़तोड़ का साथ अगाडी बढ़ी रहेको छ। युवा मोर्चा को महाधिवेसन को तयारी अन्तर्गत पाल्पा सहित का ज़िल्ला हरू मा गाऊँ पसौ अभियान चलि रहेको छ/
* यो देश का युवा हरू ले रास्ट्रिय युवा मोर्चा मा किन आबद्ध हुने ?
> पहिलो कूरा त, कुनै पनि देश को उत्थान वा पतन मा राजनीति को नै प्रमुख भूमिका हुन्छ । देश बिग्रनू वा बन्नु मा राजनीति को जब प्रमुख भूमिका रहेको छ भने युवा शक्ति यस बाट कसरी टाढा बस्न सकिन्छ? देश लथालिंग हुने अनि युवा हरू निरपेक्ष बस्ने भन्ने कसरी संभव छ? राजनीति मा त अब युवा हरू सक्रिय रूप मा अगाडी आऊँनै पर्छ/ जहाँ सम्म रास्ट्रिय युवा मोर्चा मा नै किन भन्ने कूरा छ, यस बारे मा हामी के भन्छौ भने, देश को ईमान्दार, आमूल परिवर्तनकारी शक्ति रास्ट्रिय जनमुक्ति पार्टी को स्वायत्त युवा संगठन हो, जसले युवा हरू लाई रास्ट्रनिर्माण को अभियान मा जोड़न चाहेको छ।
* अरु पार्टी का पनि छन नी युवा संगठन त?
> हो छन, तर अरु तिर युवा हरू लाई परिवर्तन र रास्ट्रनिर्माण को समवाहक हैन सत्ता मा पुग्ने भरयांग वा हतियार मात्र बनाइयका छन/ पार्टी हरू आफ़नो निहित स्वार्थ का लागि युवा हरू लाई पथभ्रस्ट गरि रहेक़ा छन। रास्ट्रिय युवा मोर्चा यो बिकृति को बिरुद्ध मा छ ।
* पाचौ महाधिबेसन पछि युवा मोर्चा कसरी अगाडी बढछ ?
> युवा मोर्चा को माउ संगठन रास्ट्रिय जनमुक्ति पार्टी ले हालै मात्र प्रथम अंतररास्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न गरेको छ। बिभिन्न कारण ले बिदेशियका नेपाली हरू लाई नेपाल संग जोड़ने अर्थात देश निर्माण को साथै ऊनीहरू को अधिकार को सुरक्षा का अजेंडा लाई राज्य को नीति भित्र पार्नु पर्छ भन्ने सम्मेलन को निर्णय छ, हामी युवा हरू ले यसलाई गम्भीरता का साथ अगाडी बढ़ाउने छौ/
* अरु बिषय मा युवा मोर्चा कसरी अगाडी बढ़छ त ?
> त्यो त माउ संगठन कै कार्यदिशा अनुसार अघि बढ़ने हो। तर भ्रष्टचार बिरुद्ध युवा मोर्चा ले बिशेष अभियान पक्कै अगाडी बढ़ाउने हो/ नेपाल लाई भ्रष्टाचार मुक्त देश बनाऊने रास्ट्रिय जनमुक्ति पार्टी को घोषणा लाई कार्यन्वोयन ग़र्ने ग़राउने अभियंता को रूप मा युवा मोर्चा ईमानदारी का साथ अघि बढने छ! भ्रष्टाचार बिरुद्ध युवा हरू उठनु पर्छ:
शंकर गाहा
( संयोजक : रास्ट्रिय युवा मोर्चा, पाचौ रास्ट्रिय महाधिवेसन, मूल तयारी समिति)

Leave a Reply

Your email address will not be published. Required fields are marked *