मगरहरु फाल्गुन १५ मात्रा एकता हुने होइन अब राजनीतिक रुपमा पनि एकता हुनु पर्दछ, अध्क्षय थापा

ब्रिजी ब्युरो रुपन्देही ।
नेपाल मगर संघ तिलोत्तमा नगर समिती रुपन्देही द्वारा आयोजित ३५ औ मगर एकता दिवस कार्यक्रममा भब्यता का साथ सम्पन्न भएको छ । नगर का अध्क्षय प्रेम थापा मगर को आध्क्षयता रहेको एकता दिवस का प्रमुख अथिति नेपाल मगर संघ केन्द्रिय सदस्य तथा लुम्बिनी ईन्चार्ज डिबी पुन मगर को उपस्थिती रहेको थियो ।त्यसइ गरी बिशिस्ट अथिति नेपाल मगर बौद्ध सेवा समाज का केन्द्रिय उपाध्क्षय टिबी पुन मगर,बिशेष अथिति बौद्ध प्रयती तथा बुद्ध बिहार केन्द्रिय सहसचिब् झम बहादुर गुरुङ, अथितिहरु जिल्ला कोसाध्क्षय मनोज थापा, सदस्य बर्ण बहादुर थापा, नेपाल मगर संघ मलेसिया का पूर्व महासचिब राम अस्लामी मगर, युवा मगर अभियान्ता शंकर गाहा, बशन्त सिन्जाली, नेपाल मगर महिल संघ रुपन्देही का सचिब केशरी गाहा, समाजसेबीहरु क्षत्र दर्लामी, खेम बहादुर पुन, दुर्गा बहादुर श्रीस,रास्ट्रीय दलित मोर्चा जिल्ला अध्क्षय हरिअोम बि क्, तिलोत्तमा कार्यकारी अधिक्रित मोहन पौडेल तथा संघ का महिला अगुवा, भुपुहरु संचारक्रमी हरु साथै नगरका स्थानिय बासी मगर तथा गैर मगरहरु को बाक्लो उपस्थिती रहेको थियो। उक्त दिवस मा मगर पहिचान झल्किने गरी अधिकांस मगर हरु ले आफ्नो मौलिक पोशाक पहिरिएका थिए भने मगर संस्क्रिती लाई जगेर्ना गर्दै कलाकार भाईइ बहिनिहरु ले कौडा, झ्याउरे, मारुनी, सालैजो निर्त्य तथा गीत प्रस्तुत गरी अत्यधिक मनोरन्जन दिएका थिए। साथै कार्यक्रम स्थल मा मगर पारीकार तथा भेस भुसा र पुस्तक हरु बिक्री बितरन मा राखिएका थिए। मुलुक को राजनीति परिस्थिती अनुरुप सबै बक्ता हरु ले मगर हक र् एकता को लागि आवाज उठाएका थिए। मगर मान्ने होइन जान्ने हुनु पर्छ, मगर ले अब निर्णायक् भूमिका निभाउनु पर्छ, पहिचान र अधिकार को लागि मगर एक हुनु पर्दछ भन्ने वाक्यंश हरु निकै बुल्यान्ड गरिएका थिए। अत्यन्तै ब्यबस्थित ढंग बाट सम्पन्न भएको यो ३५ औ मगर एकता दिवस को समापन नगर अधक्ष्य प्रेम थापा ले सम्पूर्ण सहयोगी हात हरु लाई बिशेष धन्यवाद दिनु भएको थियो भने कार्यक्रम संचालन पहल सिंह राणा र राधिका श्रीस मगर सयुक्त रुपमा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *