मगर युवा संघ तिलोत्तमा नगर समितिद्धारा मृगौला पिडीत रानालाई सहयोग । (फोटो फिचरमा हेर्नुहोस)

२७ बैशाख बुटवल । नेपाल मगर युवा संघ तिलोत्तमा नगर समितिले मृगौला रोगबाट पीडित गुल्मी चन्द्रकोट गाउँपालिका निवासी १७ वर्षीय भुक्त बहादुर राना मगरलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि बुटवलमा बिहिबार मृगौला रोगबाट पीडित रानाका फुपु इतमाया गलामीलाई समितिका अध्यक्ष श्रवण कुमार रानाले नगद ५० हजार रुपैया हस्तान्तरण गर्नु भएको हो । रानाको उपचार सहयोगार्थ मगर कथानक चलचित्र मिझार बिहिबार बुटवलमा च्यारिटी सो गरिएको थियो । चलचित्र प्रदर्शनबाट संकलित रकम उनका आफन्तलाई हस्तान्तरण गरिएको च्यारिटि शोका संयोजक रोमा सेहेच थापा मगरले जानकारी दिनु भयो । प्रदर्शन गरिएको मगर कथानक चलचित्र मिझार सन्तोष पिठाकोटे मगरले लेखन, निर्देशन तथा सम्पादन् गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेपाल मगर यृुवा संघ तिलोत्तमा नगर समितिले गरेको आर्थिक सहयोग संकलन र मृगौला रोग पीडित रानाको जीवन बचाउनका लागि चालेको महत्वपूर्ण अभियानको नेपाल मगर चलचित्रकर्मी संघका पूर्व केन्द्रिय सचिव शंकर गाहाले सराहना गर्नुभयो । आर्थिक समस्याका कारण मृगौला प्रत्यारोपण गर्न रोकिएका राना डायलासिस गर्दै आउनु भएको छ ।

 

Share
  • 18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *