मगर विद्यार्थीको २२औ स्थापना दिवस:

 

ब्रिजिखबर काठमाण्डौ ।

नेपाल मगर सङ्घको जुझारु भातृ-सस्था “नेपाल मगर विद्यार्थी संघ” को आज २२औ स्थापना दिवस-२०७३ र पहिलो केन्द्रीय पुर्ण बैठकको समुदघाटन समारोह र प्रशिक्षण कार्याक्रम आज (२०७३ फागुन २७गते) सम्पन्न भएको छ । मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष कमल थापामगरको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथी ज्ञानेन्द्र पुनमगर (महासचिव, नेपाल मगर संघ), बिशेष अतिथी मगर संघ केन्द्रीय सचिव रेनुका काउछामगर, सल्लाहकार अधिवक्ता गौ बहादुर आले, सल्लाहकार रामबहादुर थापामगर, मगर संघ केन्द्रीय सदस्य दीपा आले, युवा ब्यबसायी डिबि आले, समाजसास्त्री झकेन्द्र घर्तिमगर लगायतको अतिथी रहनु भएको कार्यक्रम को स्वागत संघको बरिस्ठ उपाध्यक्ष बिश्णुबहादुर थापामगर र संचालन महासचिव हिमाल घर्तिमगर ले गर्नु भएको कार्यक्रममा केन्द्रीय समितिको सबै पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । मगर विद्यार्थी संघ को स्थापना बि.स. २०५१ साल फागुन २७ गते घोराही दाङमा भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *