मगर संघ शाखा कतारको छैठौं राष्ट्रिय भेला तथा १८औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

रेशम रोका मगर, दोहा कतार ।”पहिचान सहितको संघीयता र मगरात स्वायत्त प्रदेश स्थापनाको लागि संविधान संशोधन । सामाजिक न्याय र पुर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा छैठौं राष्ट्रिय भेला” भन्ने मुल नारा को आत्मसात गर्दै प्रदेश को भुमी मा नेपाल मगर संघ, शाखा कतारले मिति २०१८ जुलाई ६ तारीख नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा “छैठौ राष्ट्रिय भेला तथा १८औं वार्षिकोत्सब-२०१८” कार्यक्रम दोहाको नज्मामा अवस्थित अल नक्यान रेस्टुरेन्टमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बिशेश उपस्तिथि १८/ १९का साँस्कृतिक बाङ ( राजा ) केशव थापा मगर हुनुहुन्थ्यो भने बिशेष अतिथमा पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य भिम तरामु मगर हुनुहुन्थ्यो । अतिथीहरुमा बर्तमन सल्लाहकार सदस्यहरु जनक थापा मगर, केशव राना मगर, डि एन मगर, खिम राना मगर, रमेश थापा मगर, लिलम्बर चिदी मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर साँस्कृतिक परिवारका अध्यक्ष शुक्र बहादुर पुलामी मगर, मार्नथ सदस्यहरु टेक रसाइली, कंचन राई एरिया समितिहरु बाट दोहा एरिया समितिका अध्यक्ष तिल बिक्रम थापा मगर, सनैया “ए” एरिया समितिका अध्यक्ष रेशम आले मगर, सनैया “बि” एरिया समितिका अध्यक्ष धन सारु मगर, साहानिया एरिया समितिका अध्यक्ष भक्त ढेगा मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामी मगर र किराँत राई यायोख्या का उपाध्यक्ष लोक बहादुर राई र खस क्षेत्री सेवा समाजका कोषाध्यक्ष रमेश चौहान हुनुहुन्थ्यो ।
कार्यक्रममा सभापति, बिशेष अतिथि र अतिथिहरु बाट दिप प्रजलन र ब्यानर अनावरण गरेर सुरु गरेको कार्यक्रममा नेपालको राष्ट्रिय गान र मगर गान उपस्थितहरुले गाउनका साथै प्रथम सहिद क्या.लखन थापा मगर र अन्य ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान गर्दै एक मिनेटको मौनधारणा गरिएको थियो भने कार्यक्रममा उपस्थित जनमानस हरुलाइ संघका प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखी स्वागत गर्नु भयो । कार्यक्रमको बारेमा जानकारी कार्यक्रम संयोजक तथा संघका संगठन सचिव विवेक पुलामी मगरले गराउनु भएको थियो। मगर संघ शाखा कतारको १८औं वार्षिकोत्सबको अवसरमा १८ वटा मैनबती सहितको केक संघका अध्यक्ष शेर बहादुर रोका मगर बाट काटेर १८औं वाषिर्कोत्सव मनाएको थिए । कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गर्नु भएको थियो ।
साथै कार्यक्रममा मन्तव्य राख्दै अतिथिहरुले स्थापन काल देखि अहिले १८ वर्ष सम्म आइपुग्दा यस संघले गरेको आरोह अवरोहको बारेमा जानकारी दिदै १८ वर्ष पूरा गरेको अवसरमा शुभकामना ब्याक्त गर्नु भयो। कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार १२औं कार्यसमितिले आयोजना गरेको कार्यक्रमहरु प्रथम हुररा महोत्सव तथा दिपावली-२०१७,माघ्या सकराटी-२०१८ र दोस्रो भुम्या महोत्सव-२०१८ कार्यक्रमका सहयोगीहरु, खेलाडीहरु, र कलाकारहरु लाई प्रमाणपत्र, प्रसंसा पत्र र कदर पत्र बितरण कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथि र कार्यक्रम संयोजक बाट गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर साँस्कृतिक परिवार कतारका कलाकारहरु बाट सलैजो, चुडका, फिल्मी गित हरुमा नृत्य प्रस्तुत गरेर उपस्थित सम्पुर्णको मन जितेका थिए भने नेपाल मगर संघ शाखा कतारका निवर्तमान अध्यक्ष तथा बर्तमन प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले मगर संघ कतारको बारेमा जानकारी गराउदै यस संघले १८औं वार्षिकोत्सब मनाउन आफू हर्सित भएको साथै कतार मा रहनु भएको सम्पुर्ण मगरहरु लाई१८औं वार्षिकोत्सबको शुभकामना व्यक्त गर्नु का साथै मगर संघ कतारमा आबद्ध हुन आग्रह गर्दै देश मा अहिले प्रदेश नामकरण मा मगर बाहुल्यता भएको ठाउँ लाई मगरात को नाम दिनु पर्ने मा जोड दिनु भयो।
कार्यक्रममा दोहा एरिया समितिका अध्यक्ष तिल बिक्रम थापा मगर, सनैया “ए” एरिया समितिका सचिव चेत बहादुर थापा मगर, सनैया “बि” एरिया समितिका सचिव समीर थापा मगरले आफ्नो एरिया समितिको संगठानिक र आर्थिक प्रतिबेदनहरु प्रस्तुत गर्नु भएको थियो।भने महिला बिभाग बाट महिला उपाध्यक्ष तथा महिला बिभाग संयोजक इश्वरा थापा मगरले महिला विभागको संगठानिक र आर्थिक प्रतिबेदन ,नेपाल मगर साँस्कृतिक परिवार कतारका सचिव तिल बिक्रम मगरले साँस्कृतिक परिवारको संगठनिक र आर्थिक प्रतिबेदन प्रस्तुत , नेपाल प्रवासी मगर बचत कोषका कोषाध्यक्ष विवेक पुलामी मगरले कोषको आर्थिक र संगठानिक प्रतिबेदन र मगर संघ शाखा कतारका महासचिव बिजय मगरले मगर संघ शाखा कतारको १वर्ष भरिको गरेका संगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने कोषाध्यक्ष केशव राना मगरलेआर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयो।
त्यसै गरि नेपाल मगर साँस्कृतिक परिवारको निर्देशिका २०१८, बचत कोषको संसोधित निर्देशिका २०१८ र नेपाल मगर संघ, शाखा कतारको संसोधित बिधान २०१८ लाई बिधान संसोधन समितिका संयोजक तथा प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको आर्थिक, संगठानीक प्रतिबेदन र संसोधित निर्देशिका र बिधानलाई सामान्य संसोधन सहित छैटौं राष्ट्रिय भेला बाट पारित गरेको छ ।
अन्तमा छैटौं राष्ट्रिय भेला तथा १८औं वार्षिकोत्सब कार्यक्रमका सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले बोल्नु हुँदै संसारमा रहेको सम्पुर्ण मगरहरुको एकताको लागि निरन्तर दिने प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्नेमा एक्बद्दता गर्दै हाम्रो मगर भाषा लिपि प्रशिक्षणलाई निरन्तरता मगर संघ कतारले दिने कुरामा जोड दिनुभयो। साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कलाकार ,सहयोगी, अतिथिहरु र कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै मगर संघ कतारको १८औं वार्षिकोत्सबको शुभकामना ब्याक्त गर्दै कार्यक्रम समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *