मगर साँकृतिक परिवारको प्रथम साधारण सभा २०१८ सम्पन,साँकृतिक परिवारको अध्यक्षमा शुक्र पुलामी मगर

नरेश सिंजाली मगर, कतार
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहको नेपाल मगर सांस्कृतिक परिवार, कतारको “मगर भाषा, लिपि, कला, सस्ंकृतिक, साहित्य, सिप र प्रतिभालाई संरक्षण सम्र्वद्धन गर्दै राष्टिय एकता कायम गरौँ“ भन्ने नाराको साथमा गत ०१ जुन २०१८ शुक्रबारका दिन दोहा कतारको मुग्लिना स्थित अमवाज रेष्टुरेन्टको सभा हलमा परिवारका संयोजक भुपेन्द्र रिखाम मगरको सभापतित्वमा, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । विशिष्ट अतिथिहरुमा कतारका मगरहरुको २०१८÷०१९ का सांस्कृतिक वाङ(राजा) केशब थापामगर, केन्द्रिय समितिका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर लगायत नेपाल प्रवासी आदिवासी जनजाति महा संघमा आवद्ध मातृसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु हुनुहुन्थ्यो भने अतिथिहरुमा, मेचि महाकाली सेवा समाजका प्रतिनिधि, रास्ट्रिय लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल, कतार शाखा प्रतिनिधि, मितेरी फिल्मस् प्रा.ली का प्रतिनिधि, नेपाली कला केन्द्र, दोहा कतार का प्रतिनिधि, ह्याप्पि ग्रुप, कतारका प्रतिनिधि, संघका सल्लाहकार सदस्यहरु, केन्द्रिय समितिका पदाधिकारीहरु, मानार्थ सदस्य र एरिया समितीहरुका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
प्रमुख अतिथिबाट द्धिप प्रज्वलन तथा सभापति,विशिष्ट अतिथिहरु,अतिथिहरु वाट ब्यानर अनावरण गरी शुरु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गान र मगर गानका साथै प्रथम शहिद लखन थापा मगर र अन्य ज्ञात, अज्ञात शहिदहरु प्रती एक मिनेट मौनधारण गरिएको थियोे । कार्यक्रममा उपस्थिति हुनु भएका सम्पुर्णलाई साँस्कृतिक परिवारका सह सचिब तिल बिक्रम मगरले स्वागत मन्तव्य राखेर स्वागत गर्नु भएको थिए भने औपचारिक कार्यक्रम मगर साँकृतिक परिवारका सचिव सोम थापा मगरले संचालन गरेका थिए । कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरुले मगर सांस्कृतिक परिवारले दोहा कतारमा भईरहने सांस्कृतिक कार्यक्रममा नेपाल र नेपालीहरुको पहिचान झल्किने खालको प्रस्तुतिहरु राखेर छुट्टै पहिचान राखेको र यस परिवारले आगामी दिनहरुमा पनि राम्रा राम्रा कामहरु गरेर जानेमा विश्वस्त रही शुभकामना मन्तब्य राख्नु भएको थियो । संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले मगर संघको चौंथो कार्यकालवाट नै कला तथा सांस्कृतिक विभाग गठन गरी कलाकारीता क्षेत्रमा लागेर संघको नाम उच्च राख्न विशेष योगदान दिनुहुने डि.एन. मगर, जनक थापा मगर, बविन राई, टेक रसाईली लगायत संपुर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिंदै नव गठित कार्यसमितिलाई अग्रिम रुपमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि केन्द्रिय अध्यक्ष शेर बहादुर रोका मगरले मन्तव्य राख्नु हुँदै संघको स्थापना काल देखि हाल सम्म गरेका कार्यहरू र भबिष्यमा गर्ने कार्यहरुको बारेमा अवगत गराउनु भएको थियो ।साँकृतिक परिवारले रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्तगर्दै संपुर्ण कार्य समितिका पदाधिकारी लाई हार्दिक धन्यवाद शुभकामना पनि दिनुभएको थियो । अन्तमा, कार्यक्रमका सभापति भुपेन्द्र रिखाम मगरले नेपाल मगर साँकृतिक परिवार प्रथम साधारण सभा सफल पार्न सम्पुर्ण सहयोगी र उपस्तिथ हुनु भएका प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु,कलाकार र अन्य उपस्थित सम्पुर्णलाई हार्दिक कृतज्ञता प्रकट गर्दै। आफ्नो कार्यकाल सफल गर्नमा साथ र सहयोग गरिदिनु भएकोमा एक मुष्ठ हार्दिक धन्यवाद खुल्ला सत्रलाई समापन गर्नु भयो ।
सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत
बन्द शत्रमा चालु कार्यसमितिले भए गरेका कार्यहरु सचिव सोम थापा मगर मगर सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष अशोक आले मगरवाट आर्थिक प्रतिवेदन प्रस्तुत गरीएको थियो । प्रस्तुत प्रतिवेदनहरुमा ब्यापक छलफल गरीा सर्वसहमतले पारित गरी अनुमोदनका लागि नेपाल मगर संघ, शाखा कतार कतारको छैठौं मगर भेलामा पेश गरिने भएको छ ।
नेपाल मगर साँकृतिक परिवार कतारको निर्देशिका २०१७ (प्रस्तावित २०१८) लाई निर्देशिका संसोधन समितिका संयोजक महेन्द्र थापा मगरले प्रस्तुत गर्नु भएको थियो । उक्त निर्देशिकालाई पनि आवश्यक संशोधनका साथमा सर्वसहमतवाट पारित अनुमोदनका लागि नेपाल मगर संघ, शाखा कतार कतारको छैठौं मगर भेलामा पेश गरिने भएको छ ।
नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
कार्यक्रमका सभापति भुपेन्द्र रिखाम मगरले चालु कार्यसमितिलाई विघटन गरी संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको संयोजकत्वमा बनेको निर्वाचन समितिमा सल्लाहकार सदस्यहरु डि. एन. मगर र जनक थापा मगर सदस्य रहेका थिए । उक्त समितिले नेपाल मगर संघ,शाखा कतार केन्द्रिय समितिको विधान दफा २४ (क) (छ) अनुसार यस परिवारको नयाँ कार्यसमितिमा शुक्र पुलामी मगर (मोरंग) को अध्यक्षतामा २३ सदस्यिय समितिको निर्विरोध निर्वाचित हुनु भएको थियो ।
यसरी नै अन्य निर्विरोध निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष सोम थापा मगर (तनहुँ), सचिब तिल बिक्रम मगर (धनकुटा), सह—सचिव योगेन्द्र खाम्चा मगर (पाल्पा), कोषाध्यक्ष अशोक आले मगर (धादिंग) ,सह—कोषाध्यक्ष मोहन थापा मगर (पाल्पा), सदस्यहरुमा दिल मस्रांगी मगर (सर्लाही) रमा सोराली मगर (झापा), रेखा थापा मगर(झापा), निहारिका मगर(मोरंग), मनिकला सोमई मगर (अर्घाखाँची), सुबर्ण सरु मगर (स्यांङजा), तारा बहादुर थापा (गुल्मी), दान बहादुर आले मगर (नवलपरासी), अर्जुन पिठाकोटे मगर (मोरङ), दिपक यक्चाई मगर (मोरंङ), राम सरु मगर (पाल्पा), रविन मगर (ताप्लेजुङ), होम घले मगर (महोत्तरी), ओम थापा मगर (तनहुँ), नरेश थापा मगर(तनहुँ), तारा थापा मगर(गुल्मी), पाण्डव थापा मगर (धादिङ) निर्वाचित भएका थिए भने एउटा पद रिक्त राखिएको छ ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक महेन्द्र थापा मगरले नेपाल मगर साँकृतिक परिवार कतारको निर्देशिका बमोजिम शपथ ग्रहण गराउनु भएको थियो भने संघका अध्यक्ष शेर बहादुर रोका मगर ले खादा ओढाएर स्वागत गर्नु भएको थियो । साथै यस नेपाल मगर साँकृतिक परिवार कतार संघको अभिन्न अङ्ग रहने र केन्द्रिय समितिको हरेक गतिविधीमा सधै हातमा हात मिलाएर अघि अगाढी बढ्नका लागि अनुरोध गर्दै नवगठन भएको कार्यसमितिलाई पुनः हार्दिक बधाई तथा शुभकामना दिनु भयो ।

Share
  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *