मगर साहित्यमा मगर पन

काठमाडौं । मगर साहित्यमा मगर पन चेतना अभिवृद्धि कार्यक्रमको उदघाटन मन्तव्यमा माननीय मन्त्री श्री थममाया थापा मगरले मगर भाषा साहित्यको विकास हुन सकेमा मगर भाषाको समृद्धी हुने कुरामा जोड दिनु भयो । नेपाल मगर संघ भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा मगरको अध्यक्षतामा सम्पन्न अमृत योञ्जन–तामाङले प्रस्तुत गरेको ‘नेपालमा भाषिक मानवअधिकारको स्थिती’ कार्यपत्रमा लोकबहादुर थापा मगरले टिप्पणी र सञ्जोग लाफा मगरद्धारा प्रस्तुत ‘मगर साहित्यको इतिहास’ कार्यपत्रमा विष्णु सिंजाली मगरले टिप्पणी गरेका थिए । मगर साहित्य कृति १७३ वटा प्रकाशन र नेपालमा एकल भाषाको शक्तिले मातृभाषा दिनप्रतिदिन सङ्कटवस्थामा पुगेको निचोड थियो । जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आयोजित कार्यक्रम समाज कल्याण परिषदको आर्थिक अनुदानमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *