मतपत्र धमाधम छापिदै, ६१ जिल्लाको मतपत्र छाप्ने काम सकियो ।

१ वैशाख, काठमाडौं ।
निर्वाचन आयोगले शुक्रबारसम्म ६१ जिल्लाको मतपत्र छाप्ने काम सकेको छ । ६१ जिल्लाका एक करोड १७ लाख ८१ हजार मतपत्र छापिइसकेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

उनले अहिले ठूलो संख्यामा मतदाता रहेका मोरङ, सप्तरीको मतपत्र छापिँदै गरेको जानकारी दिए ।


शुक्रबारसम्म झापा, सुनसरी, मोरङ, रुपन्देही, नवलपरासीलगायतका जिल्लाको मतदान केन्द्रअनुसार मतपत्रको प्याकिङ गरी ढुवानी गर्ने तयारी आयोगले गरेको छ । आगामी निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् । महिला, मधेसी र युवा पुस्ता निकै उत्साहसाथ निर्वाचनको प्रतीक्षामा रहेको पाइएको भन्दै सचिव मैनालीले निर्वाचनको महाअभियानमा जुट्न आयोग मतदाता, उम्मेदवार र सबै राजनीतिक दललाई अनुरोध गरेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *