मलेसियामा नेपालीलाई नचाए सागर आलेले

शान्त कुमार बुढा मगर
बृजिखबर,मलेशिया ।

२९ कार्तिक
मगर संघ मलेसियाले आयोजना गरेको एभरेष्ट कन्सर्ट ३ सागर धमाकाको पहिलो कार्यक्रम मलेसियाको मुटु क्वालालम्पुरको कोतराया कम्पेक्समा आइतबार सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख कलाकारको रुपमा गएका नेपाल आइडलका टप ४ प्रतिस्पर्धी सागर आलेले कार्यक्रममा उपस्थित नेपालीहरुलाइ छमछमती नचाएका छन । सवै प्रकारको गित गाउन सक्ने क्षमता रहेका गायक आलेले विभिन्न किसिमका गित गाएर मनोरञ्जन दिएका थिए ।
निर्धारित स्थानीय समय ११ बजे बाट शुरु गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति राखेका थिए । स्थानीय कलाकार संगै नेपाल बाट कार्यक्रमका लागि आएका लोकदोहोरि गायक मनसुदन थापा मगर तथा गायिका निरु श्रिस मगरले पनि अाफ्न‍ो प्रस्तुति दिएका थिए । त्यस्तै चर्चित नृत्यङ्गाना अारुसि मगर को लोभलाग्दो नृत्यले दर्शक हरु अरु लोभिएका थिए ।
कार्यक्रमका मुख्य केन्द्रविन्दु रहेका सागर अाले मगरले आफ्नो प्रस्तुति अन्तिममा राखेका थिए । राजु लामाको राष्ट्र प्रेमि गित मेरो नेपाल बाट आफ्नो प्रस्तुती शुरु गरेका आलेले शिव परियारको पिलायो साथिले र क्या दामि भो अनि द स्काइ ब्याण्डको डाडैमा मेला लागेछ बोलको गितले हललाइ संगितमय बनाएका थिए । त्यस पछि सान्नानिले झुक्यायो मलाइ बोलको गित गाउदा हलमा रहेका दर्शक गित संगै नाचेका थिए ।आफ्नो प्रस्तुतिको अन्तमा सालैजो गाउदै गर्दा दर्शकले हुटिङ संगै उफ्री उफ्री नाच्दै हलमा झुमिरहेका थिए । सागरले आफ्नो गित बजारमा ल्याउने अन्तिम तयारी भएको र त्यसलाई पनि माया गरि दिन सबै दर्शक लाई अनुरोध समेत गरे ।

मलेसियाको तीन स्थानमा हुन लागेको एभरेष्ट कन्सर्ट ३ सागर धमाकाको यो पहिलो कार्यक्रम उत्साहजनक तरिकाले सम्पन्न भएको नेपाल मगर संघ मलेसिया का वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगरले बताउनु भयो । करिब १ हजार दर्शक उपस्थित हुने अनुमान गरिए पनि १५ सय भन्दा बढी दर्शक उपस्थित भएको उहाले बताउनु भयो । उहाले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने प्रायोजक, कलाकार, दर्शक तथा स्वयंसेवकलाई संघको तर्फ बाट कृतज्ञता ब्यक्त गर्नुभयो साथै आउदो अक्टोबर १८ तारीख पेनाङ र २२ तारीख जोहर बहारुमा हुन लागेको कार्यक्रमलाई पनि सफल पारी दिनुहुन सम्पुर्ण लाई संघले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *