मलेसिया मा थारु समाज ले गर्यो माघी उत्सब !

धन बहादुर चौधरी, मलेसिया ।

थारु सेवा समाज, मलेसिया द्वारा उत्पिडित थारु हरु को सहोगार्थ को लागि समाज का अध्यक्ष मनिराम चौधरी ज्युको सभापतित्व भएको एतिहासिक माघी पर्व तथा बार्सिक उत्सब मा नेपाल सरकार का संघिय मामिला तथा स्थानिय बिकास राज्यमन्त्री जनकराज चौधरी ज्यु प्रमुख अथिती रहनु भएको थियो । त्यसै गरि बिशेष मा मलेसिया स्थित नेपाली दुताबास का महामहिम राजदुत डा. निरान्जनमान सिंह बस्नेत ज्युको उपस्थिती रहेको थियो । त्यसै गरि मलेसिया मा कृयाशिल राजनिती दल, मिडियाकर्मी, सामाजिक संस्था एन आर एन मलेसिया का महासचिब सुन्दर आले, आदिबासी महसंघ मलेसिया का अध्यक्ष पिटि शेर्पा, नेपाल मगर संघ मलेसिया का रमेश थापा लागाएत जातिय संस्था हरु लाई अथिति आशन ग्रहण समाज ले गराएका थिए । मलेसिया को विभिन्न क्षेत्रमा मा कार्यरत नेपाली श्रमिक हरु बाक्लो उपस्थितीहरु लाई कलाकार हरु को बेजोड प्रस्तुती ले सम्पुर्ण उपस्थिती लाई भरिपुर्ण मनोरञ्जन दिएका थिए । अत्यन्तै भब्य र शब्य रुपमा मनाईएको उक्त माघी पर्व उत्सब लाई उपस्थिती अथितिगण ले शुभकामना मन्तब्य दिएका थिए।  नेपाली दुताबास का महामहिम बस्नेत ले मलेसिया दुख पाएका नेपाली हरु जति सक्दो सहयोग गर्ने, साथै नेपाली श्रमिक हरु लाई परेको पीडा मा दुताबस सहयोग को लागि सदै तत्पर रहेको बताउनु भयो । त्यसै प्रबाश मा पनि धुमधाम संग माघी पर्व मनाउन पाउँद प्रमुख अथिती तथा राज्य मन्त्री चौधरी ले खुशी ब्यक्त गर्नु भयो। कार्यक्रम मा उपस्थिती सम्पुर्ण पाहुना हरुलाई माघि पर्व मा खाईने थारु समुदाय का परिकार बाट सत्कार गरिएको थियो भने उक्त कार्यक्रम संचालन आरपी चौधरी गर्नु भएको थियो भने संयोजक थारु समाज मलेसिया का पुर्ब संस्थापक अध्यक्ष  आर एन चौधरी ले गरेका थिए ।

Share
  • 20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *